एमसीसीको विपक्षमा मतदान गर्न अपिल

काठमाडौं । गुल्मीका ६ राजनीतिक पार्टीसहित एक मोर्चाले एमसीसीको विपक्षमा मतदान गर्न संसदलाई चेतावनी सहित अपिल गरेका छन् । बुधबार सदरमुकाम तम्घासमा बसेको ६ राजनीतिक दल र एक मोर्चाले बैठकले यस्तो अपिल गरेको हो ।अहिले हाम्रो देश नेपालमा अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध जनमत सिर्जना भैइरहेको छ । विश्वमा साम्राज्यवादको बाटोमा अगाडि बढिरहेको अमेरिका गरिब मुलुकहरुको फाइदा उठाउदै नेपालमा पनि जबर्जस्ती एमसीसी पास गराउने तर्फ उन्मुख छ । अपिलपत्रमा भनिएको छ “प्रतिपक्ष दल एमालेले आफ्ना धारणा सार्वजनिक नगर्नु र काङ्ग्रेस , समाजवादी जस्ता पाटी जसरी पनि पास गर्नु पर्छ भन्ने निर्णयले नक्कली राष्ट्रवाद छवि छर्लङ्ग भएको छ “।विगतका राष्ट्रघाती सम्झौता स्मरण गर्दै प्रतिनिधि सभाका सदस्य संसदलाई एमसीसीको विपक्षमा मतदान गर्न हार्दिक अपिल गर्दछौ । यदि नागरिकको भावना विपरीत कुनै सम्झौता गरिए त्यसको ठुलो मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिन चाहन्छौ । साथै गुल्मेली जनसमुदायहरुलाई एमसीसीको विरुद्ध संघर्षमा उत्रनको लागी अपिल गर्दछौं ।अपिल पत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्की,नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राम मल्ल ठकुरी , राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना,नेकपा (क्रान्तिकारी माओवादी)का केशब अधिकारी, नेकपा मसालका ओमेन्द्र कुवर, नेपाल कम्युनिस्ट पाटीका शिभ भुसाल,देशभक्त जनगणतन्त्राकीक मोर्चाका टीकाराम रानालेले हस्ताक्षर गरेका छन ।