रुसद्वारा युक्रेनमा भिषण आक्रमण :१३७ जनाकाे मृत्यु

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहित विभिन्न शहरमा भिषण आक्रमण जारी राखेको छ । आक्रमणमा हालसम्म १ सय ३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिनुभयो । मृत्यु हुनेहरूमा युक्रेनी सैनिक तथा सर्वसाधारण नागरिक रहेका छन् । आक्रमणबाट सयौं मानिस घाइते भएका छन् । रुसले महत्वपूर्ण सैन्य अखडा तथा प्रशासनिक केन्द्रमा शक्तिशाली बम तथा क्षेप्याष्त्र प्रहार गरिरहेको छ । रुसी सेनाले युक्रेनको उत्तर, पूर्व र दक्षिण क्षेत्रबाट एकसाथ आक्रमण गरिरहेको छ । दोहोरो युद्धमा चेपिएका सर्वसाधारण नागरिक युक्रेनबाट पलायन हुन भागदौड गरिरहेका छन् । रुसी सेनाले युक्रेनका मुख्य आणविक स्टेशनहरु नियन्त्रणमा लिने कोशिश गरिरहेको छ । सोही क्रममा चर्चीत चेर्नोबिल आणविक चुहावट क्षेत्र रुसी सेनाको नियन्त्रणमा गएको छ । सामरिक हिसाबले महत्वपूर्ण तटिय शहर मरिउपोलमा पनि ठूला विष्फोटका आवाजहरु सुनिएका छन् ।
यसैबीच , बिहिबार बिहानदेखि सुरु भएको आक्रमणमा ८ सय रुसी सेनाको ज्यान लिएको युक्रेनले दावी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले साे आक्रमणमा आफ्ना सशस्त्र बलहरूले रुसी सेनाका करिब ८ सय जनाको ज्यान लिएको बताएको हो । यो तुरुन्तै स्पष्ट भएको छैन कि मन्त्रालयले मारिएको संख्यालाई मात्र उल्लेख गरिरहेको थियो । सो मन्त्रालयले ३० भन्दा बढी रुसी ट्याङ्क र ७ रुसी विमान र ६ वटा हेलिकप्टर ध्वस्त भएको जनाएको छ । सीएनएनले स्वतन्त्र रूपमा युक्रेनको फिगर प्रमाणित गर्न अझै सकेको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु