कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि

२०७८ फाल्गुन १५ गते, आईतवार


काठमाडौं । १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथशुरु हुन लागेको सो सम्मेलनको आज दिउँसो प्रज्ञा भवन कमलादीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ । यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु