संसद भवनकाे गेट नजिक प्रेसर कुकर बम !

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनकाे गेट नजिक सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । उक्त प्रेसरकुकरमा ‘नाे एमसीसी’ लेखिएकाे छ । उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे छैन । शंकास्पद रूपमा राखिएकाे उक्त प्रेसरकुकरबारे नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । बम बनाएर राखेकाे भए सेनाकाे टाेलीले निस्क्रिय (डिस्पाेज) गर्नेछ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएकाे छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ ।