अखिल (क्रान्तिकारी)द्वारा मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति एक्यवद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शीलु न्याैपाने, लगायत विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी) अध्यक्ष, समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष लगायत विधार्थी नेताहरुले मेडिकल शिक्षामा देखिएकाे चरम लापरबाहीबाट पिडित मेडिकल विधार्थीद्धारा अायाेजित रिले अन्सन र भाेक हडताल तथा धर्ना कार्यक्रमलाई एक्यवद्धता जनाएका छन्। नोवल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजका विधार्थीहरुले ताेकिएकाे भन्दा बढी शुल्क तिर्न विधार्थीहरुलाई बाध्यात्मक स्थिति तयार गरिएकाे र हाेस्टेलमा अनिवार्य बस्नु पर्नु, अन्य अनावश्यक शिर्षक देखाई कलेजले विधार्थी र अविभावकहरुलाई बाध्यता स्थिति तयार गरेकाे हुदा मेडिकल विधार्थीहरुअान्दोलन रत रहेका छन्। भने मेडिकल शिक्षाकालाई चाईना गएर काेभिडकाे समयमा नेपाल फर्काएका विधार्थीहरु पनि मन्त्रीपरिषदकाे निर्णय अविलम्ब कार्यान्वयन गर भन्ने माग लिएर २०१५/२०१६ व्याचका विधार्थीकाे ईन्टनसिप व्यवस्थापन छिटाे गर्नु पर्ने माग सहित मेडिकल विधार्थीहरु सडकमा भाेग हडताल तथा धर्नामा उत्रिएर काठमाडौंमा संधर्षरत रहेका छन्। अब छिटै सम्वन्धित समस्याकाे हल गर्न अखिल (क्रान्तिकारी) र एक्यवद्धता दिन अाएका अन्य संगठनले छिटै याे समस्याकाे हल गर्ने र निकास निकाल्ने प्रतिबद्धता विधार्थी संगठनहरुले संधर्षरत मेडिकल विधार्थीहरुलाई दिएकाे जानकारी अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले बताइन ।