नेपालका लेन्डुप दोर्जेहरुलाई चिनौं
स्वतन्त्र सिक्किमलाई भारतमा विलय गराउन मुख्य भूमिका खेलेको सिक्किमका लेन्डुप दोर्जे दक्षिण एशियाकै लाल गद्दारका रुपमा चिनिन्छ । दक्षिण एशियामा कसैले लेन्डुप दोर्जेको नाम लियो भने उनलाई दक्षिण एशिया कै लाल गद्दार र देशद्रोही भनेर चिन्ने गरिन्छ । नेपाल पनि दक्षिण एशिया कै स्वतन्त्र र सार्बभौम मुलुकको हो । नेपाल कहिल्यै पनि पराधीन भएर, अर्काे गुलाम बनेर बाँचेको देश होइन । इतिहासदेखि नै स्वतन्त्र र सार्बभौम देश बनेर आएको छ । सिक्किम त एउटा मात्र लेन्डुप दोर्जे थियोे, जसले स्वतन्त्र देश सिक्किमलाई भारतमा गाभिदिएको थियो । तर, नेपालमा दर्जनौं लेन्डुप दोर्जेहरु छन्, जसले स्वतन्त्र र सार्बभौम नेपाललाई वैदेशिक शक्तिहरुका सामु लम्पसार परेर राजनीतिक रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गरेर स्वतन्त्र र सार्वभौम नेपाललाई वैदेशिक शक्तिहरुलाई बुझाउने षड्यन्त्र र प्रपञ्च रचिरहेका छन् ।
अब को को हुन् त नेपाली लाल गद्दार लेन्डुप दोर्जेहरु ? के के र कुन कुन ठाउँमा राष्ट्रघाती, देशघाती कार्य गर्नेहरु गर्दै आएका छन् ? ती लेन्डुप दोर्जेरुपी लाल गद्दारहरुलाई अब नेपाली जनताहरुले राम्ररी चिन्न, जान्न र बुझ्न मात्र होइन, उनीहरूलाई नेपाली माटोमा कसरी मिलाई दिने हो भन्ने कुराको हेक्का राख्न जरुरी छ ।
१) को–को हुन् नेपाली नेपाली लेन्डुप दोर्जेहरु ?
क) सन् १९५० मा भारतसित राष्ट्रघाती संझौता गर्ने तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेर जबरा ।
ख) वि.सं. २९११ साल वैशाख १२ गते भारतलाई कोशी नदी बेच्ने तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला ।
ग) २०१६ साल मंसिर १९ गते गण्डकी नदी भारतलाई बेच्ने तत्कालीन नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ।
घ) २०५३ साल असोज ४ गते महाकाली नदी भारतलाई बेच्ने तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपाल र एमाले कै अर्का नेता केपी ओली ।
ङ) अहिले राष्ट्रघाती अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन प्रोजेक्ट यही २०७८ साल फागुन १५ गते साँझ ८ः५७ बजे संसद्बाट पारित गराएर राष्ट्रघात र राष्ट्रिय लाल गद्दारको कलंकको टीका लगाउन सफल भएका नेपाली लेन्डुप दोर्जेहरु को को हुन् ? नेपाली जनताले चिन्न जरुरी छ–
१) नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ।
२) नेकपा ( एमाले ) का अध्यक्ष केपी ओली ।
३) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
४) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ।
५) जसपाका अध्यक्षद्वय उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई ।
ड) लोसपाका अध्यक्ष महन्त ठाकुर ।
यिनै हुन् नेपाली लेन्डुप दोर्जेहरु । नेपाली जनताले चिनी राखौं, जानी राखौं, बुझी राखौं ।
सम्पूर्ण देशभक्त नेपाली जनता, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको व्यापक विरोधलाई वास्तै नगरी देशव्यापी रुपमा उक्त राष्ट्रघाती एमसीसीका विरुद्ध सडकमा उत्रिएका जनतालाई व्यापक दमन र धरपकड, लाठीचार्ज, अश्रु ग्यासको प्रयोग, गोली प्रहा गरेर रातारात संसदबाट पारित गरियो । नयाँ बानेश्वर क्षेत्रलाई रणभूमिमा परिणत गरियो । किन यस्तो गरियो त ? नेपाली जनताले बेलैमा जान्न आवश्यक हुन्छ ।
पहिलो कुरा – माथि उल्लेख गरिएका लेन्डुप दोर्जेरुपी लाल गद्दारहरुलाई अमेरिकाले र भारतले किनिसकेका थिए र नेपालबाट बिक्री भइसकेका र अमेरिका र भारतका सम्पत्ति भैसकेले उनीहरूलाई नेपाल र नेपाली जनताको माया हुने कुरै भएन । त्यसैले उनीहरू नेपालले बेच्न तयार भए ।
दोस्रो कुरा – नेपाली काँग्रेस जन्मजात भारत, अमेरिकालगायत वैदेशिक शक्तिहरुको दलाल हो । नेपाली काँग्रेस र त्यस पार्टीका नेताहरु देश बेचुवा, नेपालका नदी – नालाहरु बेचुवा हुन् । त्यसो भएर जुन जुन समयमा सत्तामा पुग्यो, त्यही त्यही समयमा देशका नदी – नालाहरु बेच्दै आएको हो । त्यसैले त नेपालका कम्युनिस्ट पार्टीहरुले, वामपन्थी तथा देशभक्त क्रान्तिकारी कम्युनिस्टहरूले नेपाली काँग्रेस राष्ट्रघाती, जनघाती, देश बेचुवा गद्दार भन्दै आएका हुन् ।
तेस्रो कुरा – नेपाली काँग्रेस त देश बेचुवा, विदेशीहरुको दलाल पार्टी भन्दै आएका नेपालका हालका कम्युनिस्ट आवरणका नामधारी तथा नक्कली कम्युनिस्ट पार्टीहरु र तिनका नेताहरूलाई समेत उछिनेर नेपाल र नेपाल राष्ट्र तथा नेपाली जनताका लाल गद्दार बन्न पुगे । ती नामधारी कम्युनिस्ट पार्टी र त्यसका नेताहरु किन लाल गद्दार बन्न पुगे र नेपाल लै बेच्न तयार भए ? यो नै मुख्य चासोको विषय हो ।
क) उनीहरूले यति घृणित र राष्ट्रिय गद्दारी गर्नुमा पहिलो कुरा विचारबाट च्युत भए पछि सबै कुरा गुमाई सकेपछि भ्रष्ट दिमागको विकास भयो र ज्यान पाल्नका निम्ति पनि उनीहरूले वैदेशिक शक्तिहरुको दलाली र चाकडी गर्नुपर्ने भयो । र, लाल गद्दार भइसके पछि उनीहरूलाई देश र जनताको माया हुने कुरै भएन ।
ख) त्यस्तै देश बेचुवा गद्दारहरुलाई नेपाली जनताको भरोसा र विश्वास हुने कुरै भएन । त्यसो भए पछि यी लाल गद्दारहरु सधैं सत्तामा पुग्न र टिकिरहनाका निम्ति उनीहरूले अमेरिका भारत लगायतका शक्तिशाली देशहरू र त्यहाँका शासकहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्ने र चाकडी, दलाली, च्याप्लुसी इत्यादि गर्दै आए । उदाहरण कै रुपमा लिन सकिन्छ अहिले पाँच दलीय गठबन्धन सरकार जोगाउन कै निम्ति भनेर खुलेआम घोषणा गरेर पार्टी भित्र समेत व्यापक विरोध हुँदाहुँदै नेकपा (माके) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रघाती एमसीसी सम्झौता नेपालको संसदबाट पारित गर्न प्रमुख भूमिका खेले र दक्षिण एशिया कै लाल गद्दार लेन्डुप दोर्जे कै हैसियतमा नेपाली लेन्डुप दोर्जेको दर्जा प्राप्त गर्न सफल भए । प्रचण्ड माधवकुमार नेपाललाई नेपाल राष्ट्र र नेपाली जनताभन्दा सत्ता र कुर्सी प्यारो लाग्यो । नेपाल राष्ट्र र नेपाली जनताभन्दा प्रचण्ड र माधवकुमार नेपाललाई सत्ता, सरकार, कुर्सी र भत्ता ठूलो लाग्यो ।
दलालले पैसा पायो भने जन्म दिने आमालाई समेतलाई बेच्छ भन्ने कुरा नेपालका लेन्डुप दोर्जेहरु ५० करोड अमेरिकी डलरमा सिंगो नेपाल राष्ट्रलाई नै बेच्न तयार भए । आज यस लेखमा अमेरिकी साम्राज्यवाद के हो ? उसले किन एकातिर नेपाललाई अनुदान दिने पनि भनेको छ भने अर्कोतिर किन जबर्जस्त दिनलाई दबाब दियो त ? धम्की समेत दिएर भए पनि किन जबर्जस्ती दिन खोज्यो त ? भन्ने प्रश्न पनि जोडदार रुपले उठिरहेको छ । यस विषयमा म यहाँ धेरै कुरा गर्न चाहन्न किनभने यस विषयमा आमदेशभक्त नेपाली जनताले बुझिसकेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पनि जनतालाई सजग गराउने, नबुझेका विषयमा स्पष्ट पार्ने काममा बहुतै मिहिनेत र संघर्ष गरिरहेका छन्, यसका अतिरिक्त यहाँका यस विषयविज्ञहरु, बुद्धिजीविहरु, लेखक – पत्रकार, साहित्यकारहरु, नागरिक समाज समेतले हरेक तह र तप्काका जनसमुदायलाई प्रष्ट पार्दै आएका छन् र यो अभियान जारी छ, राष्ट्रघाती अमेरिकी एमसीसी संझौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने छन् । आजको मेरो मुख्य उद्देश्य भनेको नेपाली लेन्डुप दोर्जेहरुलाई जनतालाई चिनाउने र उनीहरूलाई नेपाली माटोमा कसरी मिलाउने ? यस विषयमा स्पष्ट पार्ने रहेको छ । यी दलाल तथा लेन्डुप दोर्जेहरुलाई नेपाली माटोमा मिलाउनका निम्ति अब सम्पूर्ण देशभक्त नेपाली जनता विहानीको भालेको पहिलो डाको मै जुरुक्क उठेर तेस्रो जनआन्दोलनको सृष्टि गर्न तयार हुनुपर्ने छ । गाउँगाउँबाट, बस्ती–बस्तीबाट उठ्नु पर्नेछ । सहर र गल्लीबाट उठ्न जरुरी छ । राष्ट्रिय स्वाधीनता प्राप्तका लागि नेपाली जनताले एक पटक योगदान गर्ने बेला आइसकेको छ । यहाँ एउटा मुख्य सवाल के हो भने सिक्किमका जनताले राष्ट्रघाती देशद्रोही लेन्डुप दोर्जेलाई समयमै चिन्न नसक्दा उसले छोटै समयमै जनतालाई थाहै नदिएर सिक्किमलाई भारतलाई बुझाउन सफल भयो । तर, नेपालमा भने त्यस्तो अवस्था छैन । किनभने नेपाली जनताले नेपाली लेन्डुप दोर्जेहरुलाई चिनिसकेका छन् । बुझिसकेका छन् । तर, यो कुरा साँचो हो कि नेपाली जनताले सिक्किमी लेन्डुप दोर्जेले सिक्किमलाई एकै रातमा भारतलाई बुझाए झै सजिलै नेपाललाई नेपाल जनताले बुझाउन दिने छैनन् । यो कुरा नेपाली लेन्डुप दोर्जेहरुले हेक्का राख्न जरुरी छ ।
नेपालमा किन लेन्डुप दोर्जेहरुको जन्म भयो र उनीहरू किन देश नै बेच्न तयार भएका छन् त ? भन्ने प्रश्न नै आज मुख्य प्रश्न बन्न पुगेको छ । प्रश्न र यसको उत्तर के हो भने जो नेपालमा यो सडे–गलेको संसदीय व्यवस्था चलिरहेको छ । यही संसदीय व्यवस्था कै कारण नेपालमा नेपाली लेन्डुप दोर्जेहरु जन्मिरहेका छन् । उनीहरू नेपालका नदी–नालाहरु मात्र होइन देशै बेच्न तम्सिरहेका छन् । संसदीय व्यवस्था भनेको एउटा हातमा प्रजातन्त्रको झण्डा र अर्को हातमा बन्दुक बोकेर जनतालाई गोली ठोक्ने व्यवस्था हो । पछिल्लो उदाहरणका रुपमा यहाँ राष्ट्रघाती एमसीसी संझौताको खारेजीको माग राखेर राष्ट्रिय स्वाधीनता प्राप्तिका निम्ति सडकमा उत्रिएका जनतामाथि गोली चलाएको घटना ताजै छ । नेपालमा जुन समस्या पैदा भएको छ । बेरोजगारीका कारण लाखौं युवाहरु विदेशिन बाध्य भइरहेका छन् । जनताको गाँस, बास, कपासको समस्या जटिल बन्दै गएको छ । जनताका जनजीवनका समस्या विकराल बन्दै गइरहेका छन् । जनताका यी समस्याहरु यो संसदीय व्यवस्थाले हल गर्नुको साटो उल्टै विकराल बनाउँदै लैजाने हो । यसको वास्तविक समाधान महान् नेपाली क्रान्तिले गर्ने हो । नेपाली क्रान्ति पूरा गर्ने ऐतिहासिक कार्यभार आज नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आइपुगेको छ । तर, यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा विभाजित अवस्थामा छ । क्रान्तिकारी सम्पन्न गर्नका निम्ति पहिलो नम्बरमा यहाँ दलाल तथा नोकरशाही पुँजीपति वर्गको चिहान खन्ने नेपाली सर्वहारा वर्ग अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा क्रान्तिकारी एकता हुनु अनिवार्य र अपरिहार्य भइसकेको छ ।
(लेखक : वरिष्ठ माक्र्सवादी लेखक र राजनीतिक विश्लेषक हुन् ।)