जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जैसीलाई कालोमोसो र जुताको माला !

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले स्वास्थ्य क्षेत्रभित्र भ्रष्टचार, कमिसन, अनियमितता गर्दै आएको आरोपमा कालोमोसो र जुताको माला लागाइएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले उक्त आरोप लगाउदै प्रमुख जैसीलाई कालोमोसो र जुताको माला लागाएको हो।
नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष डि आर र इन्चार्ज विवश सोमबार एक बिज्ञप्ति जारी गर्दै प्रमुख जैसीले स्वास्थ्य क्षेत्रभित्र गरेको भ्रष्टचार, कमिसन, अनियमितता र मनोमानी ढंगले गर्दै आएको हुनाले आफ्नो संगठनले विगत ६ महिनाको लामो अध्ययन अनुसन्धान पश्चात आज पुष्टि भई जनताको माग अनुसार जैसीलाई कारबाही गरिएको बताएका छ । साथै उनीहरुद्वारा जारी बिज्ञप्तिमा जैसीले कार्यालय प्रमुखको जिम्मेवारीबाट राजिनामा नदिएको खण्डमा थप कार्वाही गर्न बाध्य हुने समेत उल्लेख गरिएको छ ।
