नेपाल बार निर्वाचनको मतगणना सुरु

२०७८ चैत्र २२ गते, मंगलवार


काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा मतगणना सुरु भएको छ । बारको नयाँ पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौँसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै ठाउँका मतपेटिका काठमाडौँ ल्याएर आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमार्फत बारको अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमिति चयन हुँदैछ । निर्वाचनमा देशभरिबाट ९ हजार ७०८ जना कानुन व्यवसायीले मतदान गरेको जनाइएको छ । बारको अध्यक्षका लागि व्यक्तिगत र समूहगत रूपमा गरी ८ जनाको उम्मेदवारी परेको थियो । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा रहेको बताइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]