पत्रकार पाण्डेलाई पितृ शोक : जनपत्रकार संगठनद्वारा श्रद्धान्जली र समवेदना प्रकट

काठमाडौँ। जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य, अग्रज पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका बुवा ८५ वर्षिय भिमकेशर पाण्डेको बिहीबार बिहान निधन भएपछि पितृ शोक परेको हो । पाण्डेका बुवाको निधनप्रति जनपत्रकार संगठन नेपालले दुःख व्यक्त गरेको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले शोक वक्तत्व जारी गर्दै भिमकेशर पाण्डेको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘काठमाडौँ कलंकी निवासी ८५ बर्षिया बुवा भिमकेशर पाण्डेको २०७९ साल बैशाख १ गते विहान १० बजे असामयिक निधन भएकोले दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौँ ।’ विश्वकर्माद्वारा जारी शोक वक्तत्यमा भनिएको छ, ‘साथै, उहाँको आफन्तजनहरुमा धैर्यधारणाको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।’