जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय कोषाध्यक्ष निश्चल थापा निलम्वित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालले केन्द्रीय कोषाध्यक्ष निश्चल थापा (नरेन्द्र ) लाई पार्टी सम्पर्क साधारण शाखाबाट आजको मितिबाट ६ महिनासम्म पार्टी साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरेको जनाएको छ । मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले आज एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
यस बिषयमा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ” हालै पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण वैठकले लिएको दूरगामी निर्णय तथा नीतिको विरुद्धमा पार्टी नेतृत्वको भ्रम फैलाउँने अन्तरध्वंशको षडयन्त्र गर्न, पार्टी वीतिलाई सही ढङ्गबाट लागू गर्न छोडेर सामाजिक. सञ्जालको दुरपयोग गरी क्रान्तिकारी विरोधी शक्तिसंग गर्न वहस शक्ति केन्द्रित गर्ने संगठन हुँदाहुदैँ पनि निश्चल थापा ( नरेन्द्र ) लाई मिति २०७९ व्वैशाख ३ मा साधारण शाखा र जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति, नेपालको चौथो पूर्ण बैठकबाट उहाँको पार्टी अनुशासनको गम्भीर प्रकारको उलङ्घन हुन पुगेकोले केन्द्रीय कोषाध्यक्ष-निश्चल थापा (नरेन्द्र ) लाई पार्टी सम्पर्क साधारण शाखाबाट आजको मितिबाट ६ महिनासम्म पार्टी साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको यही प्रेस विज्ञप्त मार्फत जानकारी गराउँदछौं । पार्टीको आधिकारिक प्रतिवेदन र सर्कुलर भन्दा बाहिर कुनै पनि भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ती र जनसमुदायमा अपिल गराउँदछौं ।”