पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता – कार्यकर्ताको जिम्मेवारी

२०७९ बैशाख ६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु वस्तुस्थितिको विश्लेषण गरेर तात्कालिक कार्यनीतिको रुपमा अघि सारेको वर्तमान कार्यनीतिलाई आत्मसाथ गर्नु र पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता कार्यकर्ताको जिम्मेवारी भएको बताइन् । नेकपा कास्कीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। त्यसैगरी उनले पार्टी जनमत सङ्ग्रहको मूल कार्यनीतिमार्फत नै वैज्ञानिक समाजवादमा पुग्ने र आजको दलाल संसदीय भासमा कुनै हालतमा नफस्ने विश्वास व्यक्त गरेकी छिन् ।
जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन किसान सङ्गठनका केन्द्रीय महासचिव सागर अर्याल, स्वागत मन्तव्य लेखनाथ नगर सेक्रेटरी सोममायाले गरेकी थिइन् भने पार्टीको १२ औं पूर्ण बैठकले पारित गरेको राजनैतिक प्रतिवेदन र सर्कुलर श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिव उमेश सिकेले वाचन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]