ईलामका तीन पालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार !

२०७९ बैशाख ८ गते, बिहीबार


काठमाडौं । ईलाम जिल्लाका तीन ओटा पालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हरु उठ्ने भएका छन । ईलामको माईनगर पालिका, ईलाम नगरपालिका र चुलाचुलि गाउँ पालिकामा उनिहरु खडा भएका हुन । भर्खरै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी ईलामको बैठकले सबै पालिकामा उम्मेदवार ठोस गरेको थियो । तर पुन: छलफल गरि पार्टिका सम्पुर्ण तागतलाई स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्न खटाउने भएपछी तीन स्थानमा प्रमुख उठाउने भएको हो ।
ईलाम नगरपालिकामा स्वतन्त्र युवा फडिन्द्र न्यौपानेले मेयर पदको उम्मेदवारी दिएका छन, माई नगरपालिकामा सहिद परिवार साथै जनयुद्ध कालिन ईमानदार नेता बिमल आचार्यले मेयर पदमा उम्मेदवारी दिएका छन भने चुलाचुली गांउपालिकामा पुराना कम्युनिस्ट नेता, चुलाचुलिमै कम्युनिस्टको जग बसाउने गणेश बहादुर पौडेलले अधक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
यससंगै माई नगरपालिकामा उपमेयर र सबै वार्ड अधक्ष, सदस्य सहित पुर्ण सेट बनाएरै लड्ने तयारी रहेको छ भने अन्यमा पनि सोही अनुसार तयारी रहेको ईलामबाट बिनोद मगरले जानकारी दिए । ईलामका अन्य केहि पालिकामा वार्ड अधक्ष पदमा उम्मेदवारी दिने बताईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]