जनपत्रकार संगठन भोजपुरद्वारा पत्रकार महासंघलाई ६ बुँदे ज्ञापनपत्र

२०७९ बैशाख ८ गते, बिहीबार


काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ भोजपुरलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका भोजपुर संयोजक सर्गम श्रेष्ठ (सुमन) काे टोलीले बुधबार पत्रकार महासंघ भोजपुरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगारी गुमाएका संचारकर्मीको पुनःस्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ ।
संगठनले समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ । पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार , सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै, नेपाल पत्रकार महासंघ, भोजपुर शाखाका सचिव अर्जुन बस्नेतले ज्ञापनपत्र बुझ्दै संगठनले राखेको मागप्रति नेपाल पत्रकार महासंघ, भोजपुर शाखा सकारात्मक रहेको र कार्यान्वयनको लागि महासंघ सकारात्मक रहेको बताए । पत्रकारको हकहितको लागि महासंघ सदैव कटिबद्ध रहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु