‘जिवन व्यवहारमा लेनिन बन्ने प्रयत्न गरौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले जिवन व्यवहारमा लेनिन बन्ने प्रयत्न गर्न आग्रह गरेका छन। नेकपा रुपन्देहीले १५३ औं लेनिन जयन्ती तथा ७३ औं पार्टी स्थापना दिवस सैनामैनाको दर्खासीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कृतिले सो आग्रह गरेका हुन्। नेता कृति नहने -‘ हामीले एक पटक आजको दिन मात्र नभएर सधै भरि माक्र्सवादी, लेनिनवादी, माओवादी विचारमा ओतप्रोत भएर क्रान्तिलाई अगाडी बढाएको हुँदा लेनिन,माओ,स्टालिनलाई स्मरण गर्दै हाम्रो जिवन व्यवहारमा लेनिन बन्ने प्रयत्न सबैले गर्नुपर्छ । ‘
कृतिले प्रतिकुल परिस्थितीमा अनुकुलता देख्ने अप्ठ्यारो अवस्थामा पनि सहज ढङ्गले अप्ठ्यारो परिस्थितीलाई हल गर्न सक्ने क्षमता भनेको लेनिनको विचार भएको र सजिलो परिस्थितीमा पनि त्यो भित्र पनि अप्ठ्याराहरु आउन सक्छन् भनेर पहिल्याएर आफ्ना कदमहरुलाई अगाडी बढाउने लेनिनको विशेषता भएको र यो विषेशतालाई सबैले पकड्नुपर्ने उल्लेख गर्दै लेनिनले चालेका पाइला असफलतामा र सफलता दुवैमा सम्झिएको बताउँदै लेनिनले चालेका पाइला र माओले पढाएको आफ्नो सिद्वान्त र विचार पकडेर नै अगाडी बढेको र त्यसभन्दा एक ईन्च पनि पार्टी विचलित नभएको बताए ।
उक्त कार्यक्रमालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी विश्वासले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको सुभकामना दिँदै लेनिन नै बन्न नसकेपनि लेनिनले चालेका पाइलाहरु पछ्याउँदै एकीकृत जनक्रान्तिलाई अनन्तसम्म लैजाने बताए ।
कार्यक्रममा नेकपा गुल्मीका जिल्ला सेक्रेटरी सुमनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ बर्ष पुगेर ७३ बर्षमा प्रवेश गर्दैगर्दा यो विन्दुमा उभिएर हेर्दा पुष्पलालले जुन सपना देखेर कम्युनिस्ट पार्टीको निमार्ण गर्नुभएको र दलाल पुँजीवादकोविरुद्व सङ्घर्ष गर्नकोलागी कम्युनिस्ट पार्टीको आवश्यता महसुस गर्नुभएको थियो यो परिवेशमा एकपटक सबैले समिक्षा गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा बुटवल / तिलोत्तमा नगर ईन्चार्ज विरेन्द्रले दलालकाविरुद्व एकजुट हुन आग्रह गर्दै क्रान्ति पुरा नहुञ्जेलसम्म क्रान्तिको यात्रामा दृढ रहने प्रतिवद्वता जाहेर गरे ।
क्रार्यक्रममा नेकपा रुपन्देहीका सम्पुर्ण जिल्ला सदस्यहरु, संग्रामी सांस्कृतिक परिवार, युवा,विधार्थी, स्थानीय जनताको समेत उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सेक्रेटरी विश्वासको अध्यक्षता र सैनामैना नगर सेक्रेटरी वर्षाको सन्चालनमा भएको थियो ।