रुसद्वारा ओडेसाको आवासीय क्षेत्रमा आक्रमण : ८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रनेको मारियुपोल लडिरहेको युक्रेनी सेनाको अन्तिम दस्तालाई पनि नछोड्ने हो भने रुससँगको शान्तिवार्ता टुंग्याउने चेतावनी दिएका छन् ।राजधानी कीभमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले रुसले युक्रेनको खेरसनमा जनमत संग्रह गर्ने तयारी गरेको भन्दै आलोचना गरेका छन् । । मारियुपोल शहरको स्टील प्लान्टमा आश्रय लिईरहेका सयौं बालबालिका र महिलाहरुलाई युक्रेनी रक्षकहरुले सुरक्षा दिइरहेको भिडियो सार्वजनिक भएको छ । जसमा महिला र बालबालिकाको अवस्था निकै नाजुक देखिएको छ ।
यसैबीच, अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिन्केन आज आइतबार युक्रेनको भ्रमणमा जाने भएका छन् । भ्रमणकै क्रममा उनले राजधानी कीभमा राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्ने भएका छन् । यता, राष्ट्रपति जेलेन्स्कीले संयुक्त राष्ट्रसंघक महासचिव एन्टिनियो गुटेरेसले रुसको पहिले भ्रमण गरी युक्रेनको भ्रमण गर्ने बिषयमा आलोचना गरेका छन् । युद्धका कारण युक्रेनको अवस्था नाजुक बन्दै गएकोमा गुटेरेसले पहिले रुसको भ्रमण गर्नु गलत भएको बताउँदै गुटेरेसलाई युक्रेनको भ्रमण पहिले गर्न जेलेन्स्कीले सुझाव दिएका छन् ।