नेकपा कालीकोटद्वारा नौ वटै पालिकामा उम्मेदवारी

२०७९ बैशाख १३ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले स्थानीय निर्वाचनमा नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ। सो पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूले समेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसैक्रममा कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा एटम बीसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन् भने रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी , खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त बिक, तिला गुफा नगरपालिकामा रमेश चदारा प्रमुख, उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन्। यता , पचालझरना गाउँपालिकामा पार्टीका जिल्ला सचिव रहेका मनीलाल ऐडीले अध्यक्ष, विनित सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश बिक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोराले उम्मेदवारी दिएका छन्।
कालीकोट नेकपाका प्रवक्ता प्रकाण्डको गृह जिल्ला हो।

प्रतिक्रियाहरु

[anycomment]