८० प्रतिशतले बढे दादुराका बिरामी

२०७९ बैशाख १५ गते, बिहीबार


काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ । खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन जोखिममा पर्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।
गत जनवरी र फेव्रुअरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको राष्ट्र संंघको तथ्यांकले देखाएको छ । गतवर्ष यही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो । पछिल्लो १२ महिनामा दादुराका २१ वटा ठूला प्रकोप देखिएको र तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागर क्षेत्रमा देखिएको पनि राष्ट्र संघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार