युक्रेन युद्धमा संयुक्त राष्ट्रसंघद्वारा असफल !

२०७९ बैशाख १६ गते, शुक्रबार

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन मामलामा आफूहरु असफल भएको स्वीकार गरेका छन् । रुस र युक्रेनबीच युद्ध जारी भएकाे आज ६५ दिन पूरा भएकाे छ । तर पनि युद्ध राेकिंने संकेत भने देखिएकाे छैन । युक्रेन भ्रमणमा गएका महासचिव गुटेरेसले युद्ध रोक्न नसकेकामा असफल भएकाे स्वीकार गरेका छन् । राष्ट्रसंघको विफलता स्वीकार्ने क्रममा गुटेरेसले सुरक्षा परिषद्को आलोचना गर्दै युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल रहेको उल्लेख गरेका छन् । विश्व शान्ति र सुरक्षाको लागि भनिएको सुरक्षा परिषद् युक्रेन संकटको मामलामा पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ । गुटेरेस युक्रेनको राजधानी किभमा रहदैमा रकेट आक्रमण भएको थियो । युद्ध रोक्न नसकेकामा युक्रेन सरकारले पनि राष्ट्र संघको आलोचना गरिरहेको छ । राष्ट्र संघ सुरक्षा परिषद्को पाँच स्थायी सदस्य मध्येको एक रूसले यस मुद्दामा एक पटक भन्दा बढी भिटो शक्ति प्रयोग गरेको छ ।
युक्रेन भ्रमणपछि महासचिव गुटेरेसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हामी हार मान्दैनौं भन्नको लागि युक्रेन आएको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु