मेयरका उमेदवार पाण्डे र उपमेयर गुरुङको चुनाव चिन्ह ‘घण्टाघर’

२०७९ बैशाख १७ गते, शनिबार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ‘घण्टाघर’ चुनावचिन्ह पाएका छन । निर्वाचन आयोगमा उमेदवारहरुलाई आज चुनाव चिन्ह रोज्न लगाईएको थियो । घण्टाघर चुनाव चिन्हका साथ काठमाण्डौको प्रमुख र उपप्रमुखमा उमेदवार भएका निमकान्त पाण्डे र उमा गुरुङलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन जनाएको छ ।
त्यसैगरी अन्य साना बाम पार्टीहरु लगायत संसदबादी धारका ठूला भनिएका पार्टीहरु नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीमा रहेका चुनावी तालमेलका बिरोधी नेता र कार्यकर्ताहरुले ठूलो संख्यामा बिद्रोह गर्दै निमकान्त पाण्डेको चुनाव चिन्ह घण्टाघरमा मत खसाल्ने आश्वासन पाण्डेलाई दिएका छन् । अन्य बिभिन्न देशभक्त पार्टीहरुकोसमेत आफूलाई समर्थन रहेको मेयर उमेदवार पाण्डेको दाबी छ ।
निमकान्त पाण्डे बिगत ४२ बर्षदेखि राजनीतिक पत्रकारितामा संलग्न रहँदै आएका छन । जनधारणा साप्ताहिकमा सम्पादक रहेका पाण्डेले आफ्नो पत्रिकामा ०५५र०५६ सालतिर नेताहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरी बनाएका महल र खरिद गरेका पजेरो गाडीहरु प्रकाशन गरी भ्रष्ट नेताहरुको भण्डाफोर अभियान नै चलाएका थिए । राष्ट्रियता र जनजीबिकाको सवालमा खरो कलम चलाउँदै आएका पाण्डेको उमेदवारीले भ्रष्ट राजनीतिक नेताहरुलाई काठमाण्डौ महानगरमा चुनौति थपिदिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]