मतदाता परिचयपत्र वितरण गरिदै

२०७९ बैशाख २८ गते, बुधबार

काठमाडौं । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागिएको हो ।
त्यस्तै, आयोगले मतदाता शिक्षा पनि दिने भएको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।
यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षणसमेत दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार