हावाहुरीवाट तीन जनाको मृत्यु, १५ घाइते !

२०७९ जेष्ठ ७ गते, शनिबार

काठमाडौं । शुक्रवार साँझ आएको हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु र १५ जना भन्दा वढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शनिवार विहान सुचना जारी गरि शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा पुर्याएको क्षतिको जानकारी दिदै मृतक तथा घाइतेहरुको विवरण सार्वजनिक गरेको छ । हावाहुरीका कारण रुख ढल्दा भरतपुर– ११ भोजाड जङ्गल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ नं. को अटोलाई च्याप्दा अटोमा सवार दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार उक्त घटनामा मृत्यु हुनेमा अटो चालक भरतपुर ११ लामाटोल बस्ने ५१ वर्षीय को प्रदिपकुमार लामा र गोरखाको गण्डकी– ६ घरभई हाल भरतपुर– ७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङ रहेका छन् । सो घटनामा घाइते हुने सोही अटोमा सवार भरतपुर ११ कै २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमाया गुरुङ चितवन मेडिकल कलेज उपचार भईरहेका प्रहरीले जनाएको छ । यस्तै हावा हुरीकै कारण ढलेको रुखले च्यापिएर भरतपुर ११ बसेनि चोकमा एक जनाको मृत्यु भएको छ । बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नम्बरको अटोलाई रुखले किच्दा सवार भरतपुर–११ बस्ने ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
अहिले तिनै जनाको शव पोष्टमार्टमालागि भरतपुर अस्पतालमा राखिएको छ । यस्तै हावाहुरीकै रुख ढलेर च्यापिदा कारण १५ जना घाइते भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार