विजय भाेजमा गएका दर्जि मृत भेटिए

२०७९ जेष्ठ ८ गते, आईतवार


काठमाडौं । कालिकोट रास्काेट नगरपालिका वडा नम्बर ८ का ४४ बर्षिय प्रेम दर्जि शनिबार मृत अवस्थामा भटिएका छन । उनि हालै स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उप-प्रमुखमा विजयी भएका मनिराज बरालको घर पाटेडीलमा शुक्रबार बिहान भाेज खान गएका थिए । मृतक दर्जि दिनभर विजयी भाेजमा रमाएकाे भएपनि साझ आफ्नो घर फर्कन पाएनन् । दर्जिकाे लागि विजयी भाेज नभएर मृत्यु भाेज भएको छ । शनिबार साझ ६ बजे तिर पाटेडीलकाे पानिगाैंडाकाे छेडा कुलामा दर्जिकाे शव भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रास्काेट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टाेलिले घटनाको अवलोकन गरि आइतबार बिहान घटना स्थलको मुचुल्का गर्दै रास्काेट सामुदायिक अस्पतालमा पाेष्टमाटमका लागि शव पठाएको छ ।
शवकाे पाेष्टमाटम गरेपछि दाहसंस्कार गरिने पारिवारिक श्राेतले जनाएको छ । मृतक दर्जिका श्रीमती बाटुल्लि दर्जिले आफ्नो श्रीमान जेठ ६ गते राति १० बजे सम्म माेबाइल सम्पर्क भएपनि राति १२ बजे माेबाइलमा फाेन गर्दा बिरानो आवाज सुनिएको र त्यसपछि सम्पर्क हुन नसकेको बताए। पारिवारिक श्राेतका अनुसार घटना रहस्यमय भएको र अनुसन्धान गरिनुपर्ने माग छ । मृतक दर्जिसँग राति सम्म सँगै भएका केशव दर्जिका अनुसार “राति ८/९ बजे उप-प्रमुखको घरमा विजयी भाेजकाे खुसियाली मनाएर आ-आफ्नो घर जान हिडेका थियौं, पानिगाैंडाकाे जगदीश न्याैपानेकाे पसलमा रक्सी छकि भनेर साेध्न आएका थियौं, तर रक्सी नभेटिएपछि आ-आफ्नो घर जाने भनेर छुटियाैं त्यसपछि के भयो थाहा भएन ।”
मृतक दर्जिकाे साथमा रहेको ९७४२९६०९१९ नम्बरको माेबाइल समेत भेटिएको छैन । मृतककाे निधारमा गहिरो घाउ परि रगत बगेको र बायाँ तिरकाे अनुहारकाे हड्डी भित्र दबेकाे छ । मृतकको शव कुलामा दक्षिण तिर घाेप्टाे परेको र लडेर खसेको जस्तो पनि नदेखिएको स्थानीयकाे भनाइ छ । घटना स्थल नजिकै रहेको पसलका ब्यापारी जगदीश न्याैपानेका अनुसार “राति १० बजे मृत अवस्थामा भेटिएका प्रेम दर्जिकाे साथमा रहेका केशव दर्जि र हर्क दर्जि आफ्नो पसलमा रक्सी खाेजेर आएको र छैन भनेपछि फर्किएका थिए ।” न्याैपानेले भने – “७ गतेको बिहान र दिउँसोसम्म केहि पनि थाहा भएन, आफ्नो पसलबाट साझ ६ बजेतिर बच्चाले लाेहाेटा खसालेर तल झरेपछि आफू लाेहाेटा लिन जादा शव देखे र आकाशबाट खसे जस्तै भए, अनि मदन बराललाई खबर गरे ।”
नगर उप-प्रमुख बरालको घरभन्दा करिब सय मिटरको पूर्व दिशातिर मृतक दर्जिकाे शव भेटिएको हाे । घटनाको प्रकृति हेर्दा केही असहज देखिएको नवनिर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष स्टारले बताए । सर्वसाधारणका अनुसार जेठ ६ गते दिउँसो मृतक दर्जिले नाचगान गर्नुका साथै धेरै रमाइलो गरेका थिए । रक्सी पनि धेरै खाएका थिएनन् । मृतकको आमा औंली दार्जिले विछिप्त हुदै आफ्नो मृतक छाेरा ज्यूदाे बनाइदिन विजयी भाेजकाे आयाेजना गर्ने जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले आफ्नो छाेरा आफै लडेर नमरेकाे र कसैको कर्तव्य बाट मरेको हुनसक्ने आसंका ब्यक्त गरे । विजयी भाेजमा रक्सी मासु खानेहरूकाे भिड थियो । बजाउने र नाचगान गर्ने सबै दर्जिहरूले पनि रक्सी खाएका थिए एक स्थानीयले भनेका छन । उनले भने “याे विजयी भाेज नभइ अहिले त रक्सीकै कारण मृत्यु भाेज भयो । रक्सी खाने सबै भाेज बन्द गरिनुपर्छ ।”
मृतक दर्जिकाे बसाेवास वडा नम्बर ८ काे लाउका भन्ने ठाउँमा रहेकाे छ । उनका ४ छाेरा, २ छाेरी, श्रीमती र आमा गरि ८ जनाको परिवार रहेको छ ।
प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिएको बताएको छ भने हालसम्म पक्राउ कसैलाई गरिएको छैन । विजयी भाेजमा गएका आफन्त कहिले घर नफर्किने गरि अस्ताएपछि श्रीमती, आमा लगायत सबै घर परिवार आफन्तहरू शोकाकुल भएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार