एमाओवादीसंग एकता असम्भब : गौरब

काठमाडौं, २३ माघ ।नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले एकीकृत नेकपा एमाओवादीसंग एकता असम्भब रहेको बताएका छन । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष गौरबले एकीकृत नेकपा माओबादी संग एकताको बिषय हल्ला मात्रै भएको भन्दै नेकपा एकीकृतसंग भने एकताका लागि छलफल भइरहेको बताएका छन ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले गरेका गल्तीहरु सच्याएर आउने अवस्था नभएसम्म एकता हुन नसक्ने दावी गरेका छन । नेकपा–माओवादीले जनसंबीधान, स्वाधिनता र जनजिबीकाको सवालमा आगामी चैतदेखि आन्दोलन गर्ने चेतावनी दिएका ।अहिलेको अवस्थामा स्थानीय निकायमा निर्वाचन हुन नसक्ने भन्दै यदी निर्वाचन भए आफूहरु सहभागी नहुनेसमेत जानकारी गराएका छन ।