लागूऔषध प्रयोगकर्ता ह्वातै बढे

२०७० माघ २४ गते, शुक्रबार

काठमाडौं, २४ माघ । मुलुकका २६ सहरमा करिब १ लाख लागूऔषध प्रयोगकर्ता फेला परेका छन् । गृह मन्त्रालयले १८ जिल्लाको २६ सहरमा गरेको सर्वेक्षणले सो तथ्य उजागर गरेको हो ।मन्त्रालयको अध्ययनले लागूऔषध प्रयोगकर्ताहरू पाँच वर्षमा दोब्बर भएको तथ्य पनि बाहिर आएको छ । सरकारी सर्वेक्षणअनुसार विगत पाँच वर्षमा यो संख्या दोब्बर भएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी लागूऔषध सेवनकर्ता रहेको सो सर्वेक्षणले देखाएको छ ।
औषधिको सिरिन्जमार्फत लागूऔषध सेवनकर्ता बढेको गृह मन्त्रालयअन्तर्गतको लागूऔषध नियन्त्रण कार्यक्रमले गरेको सो सर्वेक्षणमा देखिएको हो ।सो कार्यक्रमअन्तर्गत मुलुकभरका १८ जिल्लाको एक महानगरपालिका, चार उपमहानगरपालिकासहित २६ सहरमा सर्वेक्षण गर्दा काठमाडौं महानगरपालिकामा मात्रै ३६ हजार ९ सय ९८ किशोरकिशोरी लागूऔषधको कुलतमा फसेको देखिएको छ । १६ देखि १९ वर्ष उमेर समूहले मध्यम खालको र २० देखि २४ उमेर समूहकाले कडा किसिमको लागूऔषध सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार