जातीय विभेदका पीडाहरू

म यस्तै १३–१४ वर्षकी थिएँ होला, ७ कक्षामा पढ्थेँ । हाम्रो घरमा ठूलो मान्छे भनेको बुबा हुनुहुन्थ्यो । उहाँ जनकपुरतिर बस्न थालेको ९–१० वर्ष भइसकेको थियो । कहिलेकहीँ एक–दुई दिनका लागि घरमा आउने फेरि उतै फर्कने । त्यहाँ एउटा सानो पसल थियो जसका लागि उहाँ त्यही बस्नुहुन्थ्यो । उहाँले केकति कमाउनुहुन्थ्यो हामीलार्ई केही थाहा हुँदैनथ्यो । उहाँ प्रायः पैसा नभएको कुरा गर्नुहुन्थ्यो । पैसा भएको कुरा गरेको कहिल्यै थाहा भएन । जब माइली दिदी जानकीको बिहे भयो, घरको ठूलो मान्छे भन्नु साहिँली दिदी शिवमाया भइन्् । उनी मजस्तै अन्जान । हामी एउटै कक्षामा पढ्थ्यौँ । त्यसैले उनी र म दिदी–बहिनीजस्ता भन्दा पनि साथी–साथीजस्ता थियौँ । हामी दुवैभन्दा सानो भाइ थियो । ऊ त्यसबेला अभिभावकबिनाको अल्लारे केटो थियो । सायद उसका रहरहरू, साथी–सङ्गाती अनेक खालका थिए होलान् । त्यसका लागि चाहिने खर्चको सहज स्रोत भने उसलार्ई कसले जुटाइदेओस् ? त्यसैले ऊ विद्यालय पढ्न जान घरदेखि हिँडे पनि विद्यालय जाँदैनथ्यो । आबारा, विद्यालय भर्ना नभएका केटाहरूको सङ्गत गरेर कहिले जोगीको कुटीतिर गएर गाँजा खान सिकेर बस्थ्यो । कहिले जुवातासको खालमा गएर अरूले खेलेको हेर्ने गरेर दिन कटाएर साँझ घरमा आउने गथ्र्यो । त्यसो गर्दै जाँदा उसलार्ई सायद पैसाको आवश्यकता पर्न थाल्यो होला, त्यसैले घरको अन्न, तोरी, भटमास, अझ चामलसमेत बेचेर ऊ आफ्ना लागि खर्च निकाल्ने गथ्र्यो । त्यो समयमा मेरा दाजु–भाउजू पनि थिए । उनीहरू भने हाम्रो पालनपोषण गर्ने अभिभारा लिनुपर्छ भनेर भान्छा छुट्ट्याएर भिन्दै भएका थिए । उनीहरूको र हाम्रो बस्ने कोठाहरूमा पस्ने मूल ढोका भने एउटै थियो । त्यसैले आफ्नो कोठाको ढोका खुल्लै भएमा निकालौँ भन्यो भने एकअर्काको अन्नपातहरू निकाल्न सकिन्थ्यो । एकदुईपटक हाम्रो कोठामा सुकाएको भटमास हरायो । कसले लग्यो भन्ने खास आँखैले नदेखे पनि त्यो सहजै अनुमान गर्न सकिन्थ्यो । तर भन्यो भने विवाद मात्र बढ्न सक्ने सम्भावना थियो । त्यसैले बरु आफ्नो थैलीको मुख राम्ररी बन्द गर्ने, अरूलार्ई चोरदोष नलगाउने नीति हामीले लियौँ । ढोकामा ताल्चा लगाएर मात्र हिँड्ने गरियो । त्यहीँबाट हामीसँग भएको पैसा पनि झिकेर लैजाने, पैसा नपाए अन्नपात बेचेर पैसा बनाई खर्च गर्न भाइ पनि पल्केको रहेछ । ऊ र हामी उस्तैउस्तै भएकाले उसलार्ई हामी कुट्न सक्दैनथ्यौँ । ऊ डुलीडुली खाएको कान्छो छोरो, लाडप्यारमा हुर्केबढेको, कुस्ती खेल्न थालेमा हामीलार्ई पछार्दिन्थ्यो । हामी उसलार्ई पूरै बल लगाएर मूख्र्याइँपूर्वक हान्न पनि सक्दैनथ्यौँ । माया लाग्थ्यो । ऊ भने अन्धाधुन्द जहाँ जेले पनि हान्थ्यो । त्यसैले ऊसँग झगडा गर्न सम्भव थिएन । त्यसैले हामीले राखेको ठाउँबाट पैसा निकाल्यो भने, हेर बाबु त्यो पैसा यस्तो आकस्मिक खर्च, फलानाको पसलको उधारो तिर्न वा औषधी किन्न राखेको बरु आधा तँ राख्, आधा मात्र भए पनि ले भनेर फकाउनुको कुनै विकल्प थिएन । जति दुःख देखाए पनि, जति फकाए पनि ‘मैले देखेकै छैन, मैले लिएकै छैन’ भनेर त्यसरी निकालेको पैसा उसले हामीलार्ई कहिल्यै कति पनि फिर्ता गरेन । हामी दिनभरि विद्यालय पढ्न जानुपर्ने घरखर्च, विद्यालय खर्चका लागि ज्यालादारी गर्नुपर्ने । अलिअलि खेतीपाती, पर्म आफैँँले गर्नुपर्ने, जति आउँछ त्यसैले टार्नु÷पु¥याउनुपर्ने, यता घरमा ढोका खुल्लै देख्यो कि छुट्टिएर बसेकाले पनि झिकेर घटाइदिने, उता उसले खर्चका लागि घटाइदिने भएपछि पर्नु पिर पर्न थालेको थियो । रातमा पनि के गर्ने होला ? भनेर निद्रा नलाग्ने, रुन मन लाग्ने हुन थालेको थियो । यही बीचमा एक दिन भाइले कोठाको ताल्चा साँचो नै लिएर भाग्यो । आपूmलार्ई विद्यालय जान ढिला भइसक्यो, ऊ आपूm विद्यालय नजाने, हामीलार्ई पनि कोठामा ताल्चा लगाएर जान नदिने । हामी विद्यालय गएपछि घरभित्र केके छन्् ? खोजेर पाए पैसा खोज्ने, नपाए खाद्यान्न भए पनि बेचेर पैसा बनाउने उसको दाउ ! अब के गर्ने ? चाबी ले, बरु तँ पनि हिँड् पढ्न भन्दा पटक्कै नमानेर ऊ झन् परपर भाग्यो । उसले आफ्नो सहजताका लागि त्यसो गरिरहेको थियो । हाम्रो बाध्यता, विवशता, दुःख भने ऊ हेर्नै चाहँदैनथ्यो । उसलार्ई मतलबै थिएन । त्यसैले अब उसकै हातमा ताल्चा, साँचो रहेपछि बिहान–बेलुकी ज्यालामजदुरी गरेर ल्याएको केही खाने अन्न पनि बाँकी नरहने भयो । कस्तो घरमा जन्मन पुगिएछ ? न आमा स्वस्थ, न बुबाले जिम्मेवारी बहन गर्ने, न दाजुले त्यसमा केही सहयोग गर्ने, न भाइले थप दुःख दिन छोड्ने । यस्तो अवस्थामा पनि के जीवन जिउनु ? दुःख गरेर आफ्नो खर्च, आफ्नो बाँच्ने उपाय आफैँँ गर्दासमेत आफ्नाबाटै बाधाअड्चनका पहाडहरू निरन्तर–निरन्तर ठडिइरहने । अब त यो पहाड भत्काइयो भन्यो, त्यहाँसम्म छुन सक्दानसक्दै अर्को त्योभन्दा ठूलो पहाड ठडिइसकेको हुन्थ्यो । कसरी मात्र यो जीवन सार्थक बनाएर बाँच्ने होला भनेर साह्रै रोएँ । एकछिन् डाँको छोडेर रोएँ । धेरै बेर धित मरुन्जेल रुन फुर्सद थिएन । घडीले पौने १० बजाइसकेको थियो । १० बजे विद्यालय पुगिसक्नुपर्ने थियो । मान्छे भएपछि हरेक समस्यासँग जुध्ने आँट त गर्नुपर्छ भन्ने झल्याँस्स चिनियाँ चित्रकथाको सम्झना आयो । मान्छेलार्ई आँसुले कमजोर बनामछ । हिम्मत, साहस, आँटले असम्भवभन्दा असम्भव कामसमेत गर्न सकिन्छ भन्ने त्यो कथाको सार थियो । त्यो सम्झनासाथ ममा साहस भरिएर आयो । त्यसपछि अब आपूmलार्ई रोएर कहिल्यै कमजोर नबनाउने, हाँसेरै साहसका साथ जस्तोसुकै समस्यालार्ई बुद्धिविवेक, बल जेजे प्रयोग गरेर हुन्छ, डटेर सामना गर्छु भन्ने सङ्कल्प गर्दै उठेर विद्यालयतिर गएँ । जब विद्यालय नजिकै पुगेँ । अघिल्लो दिन केही आवारा केटाहरूले मतिर लक्षित गरेर यसले पढेर के गरौँला भनेर पढ्न आएकी होली भनेका थिए । मैले पनि ‘अरूले पढेर के गरेका छन्् ? र मैले केही नगरे अरूलार्ई किन टाउको दुख्छ होला है’ भनेकी थिएँ । त्यसको बदलाका लागि त्यो दिन उनीहरू चारजना मेरो बाटो ढुकेर बसेका रहेछन्् । पुग्नासाथ मेरो बाटो छेकेर मलार्ई कुट्न आए, गाली गरे । म आफ्नै घरका समस्याहरूले थिल्थिलो भएर, गरुङ्गो मन लिएर पढ्न विद्यालय पुग्न आँटेकी थिएँ । ती चारजना भएर के भयो त ? तिनीहरूले चारै मुक्का हिर्काए पनि म एक मुक्का त कसो हिर्काउन नसकुँला ! ‘ल, आओ ! तिमीहरूले मलार्ई कुट्न आएको ? म पनि तिमीहरूलार्ई कुट्छु । त्यति त होला नि, तिमीहरूले मलार्ई धेरै कुटौला, म थोरै’ भनेर म अघि सरेँ ।

मलार्ई उनीहरू ‘तँलार्ई सार्कीकी छोरी भएर फुर्ति गर्छेस् ?’ भन्दै थिए । ‘जसकी छोरी भए पनि के भो ? मैले तिम्रा बाउको कमाइ खाइदिएको छु र ?’ भन्दै अघि बढेँ । त्यहाँ भर्खरै ढलका लागि ठूलो खोल्सो खनिएको थियो । ‘तँलार्ई यहीँ पुरिदिन्छु’, एकजनाले भन्यो । मैले ‘ल पुर् ! सक्छस् ?’ भनेर थप एक पाइला अघि बढेँ । ‘मलार्ई तँ भन्छेस् ?’ ‘मलार्ई तँ भन्नेलार्ई म पनि तँ भन्छु, के गर्छस् ?’ भनेपछि अब म पछि नहट्ने देखेपछि अर्कोचाहिँले ‘आ ! होस्, हिँड्’ भनेर उसलार्ई हातमा समातेर तान्दै थियो । त्यति नै खेर हाम्रा विद्यालयका प्र.अ. आइपुगेछन्् । उनले किन झगडा गरेको ? के भो ? आ–आफ्नो कक्षामा जाऊ भने । त्यसपछि म कक्षामा गएँ । बेन्चमा बसेर बेस्सरी रोएँ । मलार्ई नै यो समाजका, यो गाउँका मान्छेहरू यसरी किन हेप्छन्् ? मैले पढ्दा यिनको टाउको किन दुख्छ ? बाटो ढुकेर अनेक प्रताडना दिएर भएन, अब त कुटपिट नै गर्न तम्सिन थाले । अब म विद्यालय–घर गर्दा कसरी गर्ने होला भन्ने चिन्ता भयो । घरका आपूmभन्दा ठूला बा घरमा थिएनन् । छुट्टै भए पनि दाइ त थिए, तर नभएजस्तै । हाम्रो केही वास्ता गर्दैनथे । अब यी मेरो पढाइको बाटो हिँडेको समेत नसहने, आक्रमण नै गर्न आउनेहरूसँग बचेर कसरी विद्यालय पढ्नु ? भन्ने ठूलो प्रश्न सानो बाच्छीको घाँटीमा झुन्ड्याइएको ठूलो घण्टजस्तै भएर झुन्डियो । हुनत मैले अब हटेर होइन डटेर लड्छु भनेर सङ्कल्प गरिसकेकी थिएँ । मेरातर्फबाट यसका केही बिराम छैनन् भनेर भनिदिने मान्छेको समेत कमी थियो । उसै त उनीहरू देख्दै डरलाग्दा, बाटो हिँड्ने केटीहरूलार्ई नानाभाँती भन्दै जिस्क्याएर बस्थे । उनीहरूसँगको झगडा सानोतिनो चुनौतीको विषय त होइन भन्ने राम्रोसँग बुझ्न सकिन्थ्यो । त्यसको कारणचाहिँ खास हाम्रै साना जातिका भनिएका छोराहरूसमेत खास धेरैजनाले पढेका थिएनन् । त्यहीमाथि हामी छोरीमान्छे थियौँ । त्यसमाथि साना जात भनिनेका छोराहरू जसले पढेका थिए, जो कक्षामा प्रथम हुन्थे, हामी पनि उनीहरूका छोरीचेलीभन्दा कमजोर थिएनौँ । त्यसैले उनीहरूमा एक किसिमको चिडचिडाहट र कुण्ठा थियो– कथित साना जातिकाले पनि विद्यालय पढ्ने ! ?
कक्षाबाटै केही अधिकारका कुरा, अन्यायको विरुद्ध लड्नुपर्छ, आवाज उठाउनुपर्छ भन्ने अलिअलि सिकेकाले जहाँ पनि यो अन्याय हो भन्ने लाग्यो कि त्यसको विरोध गर्न अघि सरिहाल्ने गरियो । त्यसले गर्दा जो अन्याय गर्न बानी परेका थिए, तिनीहरू चुप बस्ने वा अप्रत्यक्ष रूपमा दुःख दिने, उपायहरू खोज्ने गर्न थालेका थिए । साँझमा बाटोमा भेटे बाटो छेकेर हातपात गरौँलाझैँ गर्ने, गरिनहाल्ने, हामीलार्ई नभनेर आआफ्नै कुरा गरेजसरी हामीलार्ई सुनाएर गाली गर्ने, अनेक प्रताडना विद्यालय अवधिभर दिई नै रहे । हाम्रो गाउँमा ठूलो जात भनिनेहरू पर्वते भनिनेमा गनिन्थे । दलितदेखि बाहेककालार्ई पर्वते र नेवारलार्ई स्थानीय भन्न खोेजेका होलान् । उनीहरू विशेषगरी कथित सानो जातलार्ई मान्छे नै भन्ने ठान्दैनथे । उनीहरूका लागि पानी खाने पँधेराहरू अलग–अलग थिए । ठूला जातले मात्र पैसा कमाउने, पढ्ने, राम्रा–राम्रा लुगा लगाउने, राम्रा गहना लगाउने, राम्रो अनि ठूलो घरमा बस्ने । सानो जात भनिनेहरू ती सबै कुराको हकदार हुँदैनन् भन्ने अवधारणा थियो । त्यो अवधारणा सायद देशभरिका कथित ठूला जाति भनिनेहरूको अवधारणा थियो । उनीहरूलार्ई कथित साना जातिले राम्रो लुगा लगाएर हिँडे पनि धारे हात लगाएर सराप्थे । राम्रो गहना लगाएर हिँडे पनि यिनीहरूलार्ई यति राम्रो गहना किन बेचेको होला भनेर लगाउनेलार्ई मात्र नभई बेच्नेलार्ई समेत गाली गर्थे । पढ्न गएको त झन् सहनै सक्दैनथे । राम्रो घर बनाएर बसेकोमा त झन् कस्तो तल्लो जातिको घर पनि क्षेत्रीबाहुनको जस्तो भन्थे । राम्रो घरजति क्षेत्रीबाहुनको मात्र हुनुपर्नेमा कहाँबाट तल्लो जातिले बनाएछ भनेर आश्चर्य व्यक्त गरिहाल्थे । छोराछोरी राम्रा, गोरा, बान्की मिलेका अनुहार भएको देखेमा ‘कस्तो राम्रो रहेछ, क्षेत्रीबाहुनको जस्तो’ भन्ने गर्थे । त्यसैले त्यसको प्रभाव परेर होला उनका केटाकेटी हामीले लगाएका लुगा राम्रो भए पनि नराम्रो भन्दै चिढ्याउँथे । विद्यालयमा हामीलार्ई उनका बाआमाले झैँ छोइछिटो गर्थे । हेप्ने, कुट्ने गर्थे । कतिसम्म भने परीक्षामा उनीहरूको भन्दा धेरै नम्बर ल्यायो भने चोरेर ल्याइस् भन्दै गाली गर्ने आदि गरी सताउथे । विद्यालय गएदेखि घर फर्किनेबेलासम्म सयौँ विभेदका पर्खालहरू छिचोलेर मात्र बेलुकी घर फर्कन पाइन्थ्यो । त्यस्तो कुनै दिन हुँदैनथ्यो जुन दिन कसैले हामीलार्ई होच्याएर, हेपेर नबोलेको होस् । ती सबैको सामना गर्दै हामी विद्यालय जान भने छोडेनौँ । ती चारजनाले कुट्न आइलागेर घम्साघम्सी नै गरेदेखि मैले रुन होइन, प्रतिरोध गर्न सिकेकी थिए । किन पढ्न दिएको होला ? भन्ने चर्चा हुँदो हो । जसले उनीहरूलार्ई हामीलार्ई हेप्ने, गाली गर्ने, कुट्ने साहस, उत्साह दिन्थ्यो होला । विद्यालयमा त गुरुहरूले त्यस्तो पढाएको थाहा पाएनौँ । पानी खाने घैँटो भने छुन दिँदैनथे भन्ने विश्वभक्त दाइले लेखेका थिए । हामी पढ्ने बेला एउटा ट्याङ्की बनाएर त्यसकै धारोमा पानी खाने व्यवस्था गरिएको थियो ।