‘मल बिउको समस्या तत्काल समाधान गर ‘

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले सरकारले बर्षै बालीको समर्थन मूल्यसहित किसानलाई मलको तत्काल सहज उपलब्धता गराउन माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका अध्यक्ष ओमप्रकाश पुनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष पुनद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ किसानले भोगिरहेको मल बिउको समस्यालाई तत्काल समाधान नगरी बेवास्ता गरेको खण्डमा किसानका जायज मागलाई लिएर महासंघ एकिकृत किसान आन्दोलनमा उत्रिन बाध्य हुने कुराको जानकारी पनि यसै विज्ञप्तिमार्फत् गराउदछौ ।’
