फोहोरले सरुवा रोग, महामारी निम्त्याउने चेतावनी

२०७९ जेष्ठ २६ गते, बिहीबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सरुवा रोगका बिरामी बढ्न थालेका छन् । वर्षाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर कुहिएर दुषित बनेपछि झाडापखालालगायत सरुवा रोग बढेको चिकित्सकहरु बताउँछन् । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा दिनप्रतिदिन झाढापखालाका बिरामी बढन् थालेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार हाल अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका छन् । अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन् ।
काठमाडौँमा थुप्रिएको फोहोरकै कारण झाडापखालाका बिरामीहरु बढ्न थालेको स्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा.पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् । फोहोरको तुरुन्तै व्यवस्थापन नभए थप जटिलता आउन सक्ने विज्ञहरुले सचेत गराएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार