नेकपाद्वारा प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७९ जेष्ठ २७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश १ स्तरिय राजनीतिक वैैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार प्रदेश १ को धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यतामा पार्टी जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य सुमन लिम्बुले गरेका थिए ।

कार्यक्रममा प्रदेश १का नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा महासचिव विप्लव र केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले प्रशिक्षण दिएका थिए । – अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]