२० अर्बबराबरको ट्रेजरी बिल जारी हुदै

२०७९ जेष्ठ २९ गते, आईतवार


काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि ५ अर्ब, १८२ दिनको लागि ४ अर्व र १ वर्षको लागि ११ अर्व को ट्रजरी बिल जारी जारी गर्न लागेको हो । ९१ दिनको बिल आगामी भाद्र २८ गते र १८० दिने मंसिर २७ गते परिपक्व हुनेछ । भने १ बर्षे ट्रजरी बिल २०८० जेठ ३० गते परिपक्व हुनेछ । ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु