नेकपा सर्लाहीको १६ औं पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको १६ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी कमल सुस्लिङले गरेका थिए भने प्रमुख आतिथ्यता नेकपाका केन्द्रिय सदस्य मिशनको रहेको थियो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । असाेजमा हुने नवाैँ महाधिवेशन अगाडि सेल कमिटी, वडा सम्मेलन, गाउँ, नगर र पालिका स्तरीय जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको छ ।
बैठकले २०७९ असार ५ गते एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेलको चौथो स्मृति दिवस उहाँकै निवासमा मनाउने निर्णय गरेको छ ।
साथै आगामी असोज १ देखि ८ गतेसम्म हुने महाधिवेशनको तयारी स्वरुप प्रचार प्रसार तथा वाल पेन्टिङ गर्ने, एमसीसी विरुद्ध व्यापक भण्डाफोर गर्ने निर्णय गरेको बताइएको छ ।