स्नातक तेस्रो वर्षको परीक्षा चैत १७ देखि

२०७० माघ २९ गते, बुधबार


काठमाडौं ,२९ माघ। स्नातक तह तेस्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधि नाघेका मौका परीक्षा दिनेले समेत परीक्षामा सामेल हुन पाउनेछन् । कार्यालयले मानविकी, व्यवस्थापन, विज्ञान प्रविधि, शिक्षा शास्त्र र कानून संकायका नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षार्थीहरुले दिइने परीषाको तालिका प्रकाशन गरेको छ ।
साथै परीक्षा नियन्त्रण कार्यालयले विशेष सूचना जारी गरी स्नातक तह तृतीय वर्षका मौकासमेतका विद्यार्थीहरुको छुट परीक्षा आवेदन फारम बुझाउन परेकामा आगमी फागुन २७ देखि ३० गतेसम्ममात्र फारम बुझ्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार