सुप विश्व विद्यालयका पदाधिकारीद्धारा सामुहिक राजिनामा
काठमाडौं, २९ माघ । सुदुरपश्चिम विश्व विद्यालयका पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । राजनीतिक दल र विद्यार्थी संगठनको दवावले उपकुलपति प्राध्यापक डा जयराज अवस्थी, रजिष्टार प्राध्यापक डा हेम राज पन्त, परिक्षा नियन्त्रक कुमार थापा तथा चारै संकायका डिनहरु डा. भारती जोशी, डा नारददत्त अवस्थी, डा टेकराज पन्त र डा भवानी चन्द ठकुरी राजीनामा गर्न बाध्य भएको बताएका छन् ।यसैबीच विद्यार्थी संगठनहरुले पर्याप्त पाठ्यपुस्तकको व्यवस्था हुनुपर्ने, क्याम्पसका कक्षा नियमित रुपमा सञ्चालन हुनुपर्ने, क्याम्पस प्रमुखले राजिनामा दिनुपर्ने, शैक्षिक शुल्क घटाउनुपर्ने लगायतको माग राख्दै एक सातादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुका साथै क्याम्पसमा पठन पाठन समेत ठप्प पारेका छन् । विद्यार्थीका मागलाई वेवास्ता गरिए अझै कडा आन्दोलन गर्ने चेतावनी बिद्यार्थी संगठनहरुको छ ।