एमाओवादीले देश र जनताप्रति घात गर्यो :किरण

काठमाडौँ , १ फागुन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीले जनताप्रति घात गरेको बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा ललितपुरको कुपण्डोलमा भएको कार्यक्रममा किरणले एमाओवादी जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको बताए ।किरणले जनआन्दोलनको उपलब्धि गुम्ने खतरा पनि बढेर गएको भन्दै त्यसका लागि देशभक्त, वामपन्थी र जनवादी गणतन्त्र पक्षधरहरु मिल्नुपर्नेमा जोड दिए । अध्यक्ष किरणले जनताका अधिकारहरु एकपछि अर्का गर्दै खोसिएका र असमानता कायम रहेकाले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्न लागि पर्ने बताउनु भएको छ । ०५२ साल पूर्व क्रान्तिकारी केन्द्र निर्माण गरेको इतिहास स्मरण गराउँदै अध्यक्ष किरणले वर्तमान संविधानसभाबाट राजनीतिक निकास ननिस्कने ठोकुवा गरे ।