दुई हात्ती मृत भेटिए

काठमाडौँ । झापामा पाँच दिनको अवधिमा दुई वटा हात्ती मृत फेला परेका छन् । बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा असार १५ गते हात्ती मृत भेटिएको थियो । वुधबार अर्जुनधारा नगरपालिका–५ को दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै हात्तीको मृत्युको कारण खुलेको छैन ।