नेपाली सिमेन्ट भारत निकासी

२०७९ असार २४ गते, शुक्रबार

काठमाडौं । पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ । उद्योगले शुक्रबारबाट सुनौली नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो । उद्योगले आयोजना गरेको एक कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले भारततर्फ सिमेन्ट लिएर जान लागेका ट्रकलाई बिदाई गर्दै निकासी सुरु गरिएको जानकारी दिए ।
बजेटमार्फत सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिएपछि भारतर्फ सिमेन्ट निकासी गर्न उद्योगीहरु उत्साहित भएका हुन् । उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ । दैनिक १८ सय टन क्लिङ्कर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको नाउँबाट उद्योगले ‘तानसेन’ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने भारत गुणस्तर मापदण्डलगाएतका सबै सरकारी प्रकृया पूरा गरेपछि उद्योगले सिमेन्ट पठाउन थालेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु