ठेकेदार कम्पनीले समयमै भवन नबनाउदा सहिद स्मृति विद्यालय दिपयलमा पठनपाठनमा समस्या

२०७९ असार २७ गते, सोमबार


काठमाडौं । श्री सहिद स्मृति आवासीय माध्यामिक विद्यालय राजपुर दिपायलको भवनको निर्माण सम्वन्धी ठेक्का पाएको ठेकेदार कम्पनीले भवन निर्माण कार्य नगरिदिदा पठनपाठनमा समस्या उत्पन्न भेयको छ।आर्थिक वर्ष २०७८/७९ भित्र निर्माणको काम सम्पन्न गर्न ६ कोठे भवनको ठेक्का पाएको श्री कालिका कन्स्ट्रक्सनले समयमै काम नगर्दा विध्यालयमा कक्षा कोठाको अभाव भएकोले यस्तो समस्या देखिएको हो।
शिक्षा विकास निर्देशनालय दिपस्यलका इन्जिनियर डम्बर नेगिका अनुसार : चालू आर्थिक वर्ष भित्र काम सम्पन्न गर्ने गरि शिक्षा विकास निर्देशनालय राजपुर दिपायलबाट ठेक्का आह्वान भै स्वीकृत भएको एक बर्ष पुगि सक्दा पनि कुनै काम हुन सकेको छैन। हामीले ठेकेदारलाई धेरै पटक भनि सक्यौ, ठेकेदार कम्पनीले अरु धेरै ठाउमा पनि काम लिएको रहेछ , अब म्याद थपको लागि प्रक्रिया अगाडि बढेको छ, तोकिएको म्यादभित्र फेरिपनि काम भएन भने हामी आवश्यक कानुनी कार्वाही गर्छौ।
झण्डै ८५ लाख कुल लागत रहेको भवन निर्माणको ठेक्का पाएको श्री कालिका कन्स्ट्रक्सनका प्रोपराइटर बझाङ घर भएका लक्ष्मण बोहोरा हुन । द्वन्द पीडित वालबालिकाका लागि शिक्षा कार्यक्रमको रुपमा कक्षा ११ सम्म पठनपाठन भैरहेको सहिद स्मृति बिध्यालय राजपुर दिपायलका प्र अ प्रमानन्द जोशिले भने ” हामीसङ्ग हाल ३५५ जना विद्यार्थी छन, । हामीले डिप्लोमा इन फरेस्ट्री पनि सञ्चालनमा ल्याएका छौ , यसका लागि प्रयोगशालाका लागि समेत कक्षाकोठाको अभाव छ, बालबालिकाको सङ्ख्या र कक्षाको तहका आधारमा कक्षाकोठा अपुग भएपछि कहिले कतै ,कहिले कतै राखेर पढाउनु परिरहेको छ। अझै बर्षाको बेला त झन अफ्ठ्यारो हुने देखिन्छ।”
शान्ति प्रक्रियासङ्गै शुरुवात भएको यस विद्यालयमा शुरुमा पुर्वमन्त्री लेखराज भट्ट व्यवस्थापन समिती अध्यक्ष थिए भने हाल सुदुर पश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्ट अध्यक्ष छन।
सहिद स्मृति प्रतिष्ठानमार्फत सञ्चालनमा आएको श्री सहिद आबासिय विधालयसङ्गै देशका विभिन ठाउमा पनि जनयुद्धका क्रममा सहिद भयका परिवारका बालबालिकाका लागि स्कुलहरु सञ्चालनमा ल्याइएको थियो । डोटीको दिपायलमा रहेको यस बिध्यालयमा खानेपानी , खेलमैदान , पुस्तकालय र अन्य प्रयोगशालाका लागि आबश्यक पर्ने भौतिक संरचनाको समस्या रहेको र शिक्षा ऐन वमोजिमको संरचनामा नबन्दा अन्य सेवा सुविधामा पनि कठिनाई परिरहेको कुरा प्र अ जोशिले जानकारी दिएका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु