शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्रका प्रमुखको पुत्ला दहन

काठमाडौं । नेकपानिकट अखिल (क्रान्तिकारी)ले शैक्षिक सत्र शुरु भएको झण्डै दुई महिना पुरा भईसक्दा पनि शिक्षा मन्त्री ,जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीको कारण आम बिद्यार्थीमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको भन्दै देशब्यापीरुपमा शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्र प्रमुख अनिलकुमार झाको पुत्ला दहन गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) ओखलढुंगा र उदयपुरले पाठ्यपुस्तक अभाबविरुद्ध शिक्षा मन्त्री देबेन्द्र पौडेल र जनकशिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाको पुत्लादहन गरेको संचार प्राप्त भएको छ।

यता, अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवल पुरानो बसपार्कमा विरोध प्रदर्शनसहित शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्र प्रमुख अनिलकुमार झाको पुत्ला दहन गरेको बताइएको छ । अखिल (क्रान्तिकारी)का लुम्बिनि प्रदेश संयोजक विज्ञानले तत्काल सरकार र जनक शिक्षा सामाग्री केन्द्रले विद्यालयमा पाठ्यपुस्तक सहज रुपमा उपलब्ध नगराए कडा आन्दोलनमा उत्रने भन्दै शिक्षा मन्त्रिको राजिनामाको माग समेत गरे ।अखिल (क्रान्तिकारी)का लुम्बिनि प्रदेश संयोजक विज्ञानले तत्काल सरकार र जनक शिक्षा सामाग्री केन्द्रले विद्यालयमा पाठ्यपुस्तक सहज रुपमा उपलब्ध नगराए कडा आन्दोलनमा उत्रने भन्दै शिक्षा मन्त्रिको राजिनामाको माग समेत गरे । विरोध क्रार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)रुपन्देही जिल्ला संयोज पदम पराजुलीले गरेका थिए ।