तामाङ मुक्ति मोर्चाको अध्यक्ष्यतामा दुर्गसिं तामाङ

२०७९ श्रावण ५ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमकाे प्रमुख आतिथ्यतामा भएको तामाङ मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाले दुर्ग सिं तामाङ (प्रेरक) को नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बि.एस. लामा, महासचिव सलाम सिं लामा, सचिव गुण सिं रुम्बा र कोषाध्यक्ष सुन्दर लामा लगायत २५ सदस्यीय रहेका छन् ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विषमले राष्ट्रिय मुक्ति आन्दोलनमा तामाङ समुदायले निर्णायक भुमिका खेल्नुपर्ने उल्लेख गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिमा पनि तामाङ समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज माइला लामाले तामाङ समुदायले नेपालको क्रान्तिकारी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सो समुदायको इतिहास र आगामी दायित्वका बारेमा प्रशिक्षणसहित बधाई मन्तव्य राखेका थिए ।
यसैगरी, एकीकृत जनक्रान्तिका घाइते योद्धा बुद्ध लामा, मगर मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर मगर र नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]