सुकुम्बासीलाई विस्थापित नगर्न चेतावनी

काठमाडौं । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कास्कीले सुकुम्बासि समस्यालाई ठिक ढंगले सम्बोधन नगरे संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । सुकुम्बासिहरुको बैकल्पिक व्यवस्था नगरी उनिहरुलाई विस्थापित गर्न नपाइने भन्दै सुकुम्बासी संघ पोखराका अध्यक्ष कमल र पोखरा महानगर सेक्रेटरी सोममायाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की र महानगरलाई छुट्टा छुटै ज्ञापन पत्र दिदै सो चेतावनी दिएका हुन।
काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघ कास्कीले पोखरा महानगरपालिका वार्ड न ३३ का करिब ३० परिवारलाई गतहप्ता नगर प्रहरीले बलपूर्वक विस्थापित गर्दै विचल्ली पारेपछी सुकुम्बासीहरुको पक्षमा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापन पत्र पेश गरेपछी सुकुम्बासीहरु सङ्ग भेटघाट र अन्तर्कृया गर्दै संघका अध्यक्ष कमलले भने “नेपालको सम्विधानले समेत गाँस , वास र कपास सहितको मौलिक अधिकारको कुरा गरेको छ, राज्यले यो अधिकारलाई ग्यारेन्टी गर्नु पर्नेमा उल्टै बालबालिका र बुढापाका नागरिक प्रती प्रहरी लगायर दमन गरिएको छ, यो राज्य आतंक हो ।” त्यस्तै सुकुम्बासी संघ पोखरा महानगर सेक्रेटरी सोममायाले भनिन – ” हामिले ज्ञापनपत्र मार्फत उनिहरुको ध्यानाकर्षण गराएका छौ , उनिहरुको वैकल्पिक व्यवस्था गरेर मौलिक अधिकारको सुनिश्चितता गरिनु पर्छ, मानव अधिकारको न्युनतम अनुभुती हुनुपर्छ , यदि यो कुरालाई ठिक ढंगले सम्बोधन नगर्ने हो भने हामी थप संघर्ष गर्न बाध्य हुनेछौ।
सुकुम्बासी बस्तिलाई बलपूर्वक विस्थापित गरेको भन्दै यसअघि नेपाल कम्युनिस्ट पार्टी कास्कीका सक्रेटरी काजीले समेत प्रेस विज्ञपति जारी गर्दै राज्य आतंकको बिरोध जनाएका थिए भने उनिहरुको समस्या समाधान गर्न स्थानीय बुद्धिजीवी , पत्रकार , नागरिक समाज र राजनीतिक दलहरुलाई समेत सहकार्यका लागि अनुरोध गरेका थिए।