पुर्वाअञ्चल विश्वविद्यालयमा तालाबन्दी

२०७० फाल्गुन ६ गते, मंगलवार


काठमाडौं,६ फागुन । अखिल क्रान्तिकारीले पुर्वाअञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालमा तालाबन्दी गरेको छ । प्रश्नपत्र बिक्रि प्रकरण, १८ महिनादेखि प्रकाशन नगरेको रिजल्ट तत्काल प्रकाशन गर्नुपर्ने, उपकुलपति र रजिष्टारको विवाद समाधान गरिनुपर्ने लगायतका माग राखि काठमाडौंको सिनामंगलस्थिति सर्म्पर्क कार्यालयमा सोमबार तालाबन्दी गरेको हो ।
नेकपा-माअेवादी निकटको अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार डा. महेश्वरमान श्रेष्ठ विश्वविद्यालयको समस्य समाधान गर्न गैरजिम्मेवार भएको भन्दै सोमबार ३ बजेतिर तालाबन्दी गरिएको हो । विश्वविद्यालयको समस्या समाधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा आफ्नो संगठनका केन्द्रीय सदस्य नरेन्द्र विकलाई उपकुलपतिले नै गिरफ्तार गर्न लगाएको आरोप चलाउनेले लगाए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार