बेलायती शैक्षिक प्रदर्शनी आगामी साता

२०७० फाल्गुन ७ गते, बुधबार

काठमाडौ, ७ फाल्गुन – ब्रिटिश काउन्सिलको आयोजनामा आगामी साता राजधानी र पोखरामा ‘बेलायती शैक्षिक प्रदर्शनी’ हुने भएको छ । बेलायती शैक्षिक प्रणालीवारे जानकारी दिने उद्देश्यले २५ बेलायती संस्थाको प्रत्यक्ष सहभागितामा मेला सञ्चालन हुने भएको हो । राजधानीको होटल एभरेष्ट र पोखराको होटल पोखरा ग्राण्डेमा मेला आयोजना हुनेछ ।मेलाबारे आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अधिकारीहरुले बेलायती शैक्षिक संस्थाका प्रतिनिधीहरुसँगको प्रत्यक्ष भेटघाटको अवसरका लागि मेला उपयोगी हुने बताए । मेलामा आफ्नो शैक्षिक परिधि विस्तार गर्न चाहने विभिन्न क्षेत्रका व्यक्तिका लागि अन्तरसंवाद र छलफलको अवसर हुने काउन्सिलले जनाएको छ । मेलामा बि्रटिश काउन्सिलका साथै बेलायती उच्च आयोग-यूकेभिआई) र अन्य बेलायती संस्थाका प्रतिनिधीहरुले गोष्ठी र प्रदर्शनी पनि गर्ने आयोजकले जनाएको छ ।
काउन्सिलले मेलाका अवसरमा पूर्व विद्यार्थी, विद्यार्थी, अभिभावक, अध्ययनका आकांक्षीका साथै नेपालका शैक्षिक परामर्शदाता, तथा सरकारी पदाधिकारीहरुसँग पनि छलफल र अन्तरक्रिया गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा काउन्सिलका पदाधिकारीहरुले नेपालमा बैदेशिक शिक्षाको मग बढ्नु स्वभाविक रहेको बताए । विश्वव्यापी रुपमा अवसरको बाटो खुल्ने भएकाले नेपालीहरुले बेलायतमा उच्च शिक्षा लिन चाहन्छन् । त्यसैगरी बेलायतमा उच्च शिक्षा लिएकाहरुले थप अवसर पनि पाउने गरेको काउन्सिलले जनाएको छ ।भिसाको कठिनाईलाई सहजिकरण गर्ने प्रयास भइरहेको भन्दै बि्रटिश काउन्सिलले मेहनती स्वभावका कारण नेपालीहरुलाई अध्ययनमा कठिनाई नभएको जनाएको छ । वृहत परिधि र शैक्षिक उत्कृष्टताका लागि बेलायतका विश्वविद्यालयहरु विश्वमाझ चर्चित छन् । छोटा र सघन खालका पाठ्यक्रम भएपनि बेलायती विश्वविद्यालयहरु विद्यार्थी केन्दि्रत शिक्षणका लागि प्रसिद्ध भएको नेपाल भ्रमणमा रहेका निर्देशक ब्रेडन म्याक्सोरीले बताए । अध्ययनपछि विभिन्न पेशाको सम्भावनाका कारण आफ्ना विश्वविद्यालयहरु लोकपि्रय भएको दावी गर्ने काउन्सिलले मेलामा हरेक विद्यार्थीलाई सही पेशा चुन्न सघाउने जनाएको छ । काउन्सिलका अनुसार, सम्भावनावारे परामर्श दिँदै सही पेशागत र शैक्षिक निर्णय दिलाउन प्रदर्शनी केन्दि्रत हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार