नेवा: मुक्ति मोर्चा ललितपुरको जिल्ला भेला सम्पन्न

२०७९ श्रावण २२ गते, आईतवार


काठमाण्डौ । नेवा: मुक्ति मोर्चा नेपालको ललितपुर जिल्ला भेला सम्पन्न भएको छ । नेवा मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष क. सुरेन्द्र महर्जनको प्रमुख आथित्यतामा सम्पन्न भेलामा विशेष अतिथि स्कुलिङ विभाग सदस्य विपिन, अतिथिहरू ललितपुर जिल्ला सचिव ललित, विशेष कमिटी विकास महर्जन, विद्यार्थी कमिटी ललितपुर इन्चार्ज निगम भण्डारी, जिल्ला आर्थिक विभाग भारत रावल, महानगर सचिव महेश राज बज्राचार्य, विकास महर्जन र गोदावरी नगर सचिव मोहन सिवाकोटीको आथित्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै वर्गिय मुक्ति आन्दोलन संगै जातीय मुक्ति आन्दोलनको पनि आवश्यकता रहेको र जातीय मुक्ति आन्दोलनको नेतृत्व कम्युनिस्ट पार्टीले लिने भएको हुनाले सवै नेवार तथा अन्य जनजातीहरू पनि नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिमा गोलवन्द हुन आह्वान गरे । अथितिहरूले सम्पुर्ण नेवारहरू नेवा मुक्ति मोर्चा नेपालमा सवै संगठित हुनुपुर्ने एकआपसमा संगठित नहुनुले आफ्नो परम्परागत थुप्रै नेवार पहिचान, संस्कार र राष्ट्रिय पर्वहरू समेत लोप वा विकृत वन्दै गएकोले रक्षाकै लागि पनि संगठित हुनुपर्नेमा जोड दिए ।
उनीहरुले राष्ट्रिय स्वाधिनता र जनताको जनजीविकाको लागि मुक्ति यात्रा तय गर्नेवेला ढिला भईसकेकोले एमसीसी, एसपीपी, सिमा रक्षा र नेवाः कै भुभाग काठमाण्डौ थुप्रै सार्वजनिक जग्गा अँकुपाई र गुँठीहरू धरापमा पर्दै गईरहेकोले सचेतताकासाथ संगठित हुने अगाडि वढ्नु पर्ने धारणा राखेका थिए ।
भेलाले अध्यक्ष विकेश महर्जन, सचिव सुरेन्द्र वज्राचार्य, कोषाध्यक्षमा विनय श्रेष्ठ, सदस्यहरू अष्ट तण्डुकार, राकेश ब्यञ्जनकार, कपिल माली, लक्ष्मण माली, सुरज प्रधान, सुचिन शाक्य र राजन श्रेष्ठ वाँकी पछी थप गर्ने गरि १३ जनाको जिल्ला समिति निर्वाचित गरेको छ ।
जातिय उत्पिडित समुदाय छपं जुई नु नाराले सजिएको व्यानरमा ललितपुर जिल्लाका नेवा समुदाय संगठित भए । विकेश महर्जनको अध्यक्षतामा सञ्चालित भेलालाई महानगर सचिव महेशराज वज्राचार्यले स्वागत मनतव्य राखेका थियो भने सञ्चालन सुरेन्द्र वज्राचार्यले गरेका थिए । उक्त भेलाले सल्लाहाकारमा भिमलाल महर्जन, राम गोपाल महर्जन र मुकुण्ड अमात्यलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार