हात्तीपाइलेको औषधी खुवाइँदै

२०७० फाल्गुन १० गते, शनिबार


काठमाडौ, १० फागुन । आजदेखि दोस्रो चरणको हात्तीपाईले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।चार दिनसम्म चल्ने अभियानअन्तर्गत आज र भोलि विभिन्न केन्द्रमा औषधि खुवाउने र छुटेकालाई दुई दिनपछि घर दैलोमार्फत औषधी खुवाउने कार्यक्रम छ । काठमाडौं उत्यकालगायत देशका नौ जिल्लामा दोस्रो चरणको औषधी खुवाउने कार्यक्रम रहेको छ ।
दोस्रो चरणमा, काठमाडौं, ललितपुर, भक्तपुर, तेह्रथुम, धनकुटा, बझाङ, बाजुरा, अछाम र दार्चुलामा औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलये जनाएको छ । काठमाडौ जिल्लाका १७ लाखलाई औषधि खुवाइने लक्ष्य सरकारले राखेको छ । हात्तीपाइले रोगको सबैभन्दा बढी जोखिम काठमाडौं रहेको बताइएको छ ।औषधि खाने कार्यक्रममा कोही नछुटून भन्नका लागि आज र भोलि दुई दिन चोकचोकमा राखिएका बुथमा गई खान सकिने व्यवस्था मिलाइएको छ भने त्यसपछि दुई दिन स्वयम्सेविकामार्फत् घरघरमै गई छुटेकालाई औषधी खुवाइने कार्यक्रम छ ।
सन् २०२० सम्ममा विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने विश्व स्वास्थ्य सङ्गठनको लक्ष्यअनुसार नेपालमा पनि औषधि खुवाउने यसप्रकारको कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार