‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

२०७९ श्रावण २५ गते, बुधबार


काठमाडौं । अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीको अध्ययनले नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताए । उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डो-याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे ।
हालै सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ ।
चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ । चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानज स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नील बताउछन । उनले पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उल्लेख गर्दै यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताए । पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिए । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिने उनको तर्क छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार