अछामको ढकरी गाउपालिका कर्मचारीविहिन( भिडियोसहित )

काठमाडौं । अछामको ढकरी गाउपालिकामा कार्यालय प्रमुखदेखि अन्य शाखामा कार्यरत कर्मचारीहरु कार्यालयमा नहुदा स्थानिय सेवाग्राहीहरु अफ्ठ्यारोमा परेका छन। निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट , शिक्षा शाखा प्रमुख टेकनारायण पोख्रेल , सुचना शाखा प्रमुख विक्रम वोहरालगायत गाउपालिकामा कार्यरत कर्मचारीहरु बिदा नलिइकनै आ -आफ्नो निजि कामतिर रहेकोले गाउपालिकाले नियमित र आपत्कालिन समयमा प्रवाह गर्नुपर्ने सेवाहरु प्रभावित भएका हुन।
” बर्षाको बेला बाढिपहिरो लगायतका समस्याहरु आइराख्छ्न , जनताका अन्य नियमित र भैपरी आउने कामहरु हुन्छ्न , यस्तो बेला सेवा प्रवाह गर्ने जिम्मेवारी लिएका कर्मचारीहरु कार्यालयमा नवस्ने र सेवाग्राही मर्कामा परेको जन गुनासो आएपछि हामीले अनुगमन गर्यौ तर त्यहा निमित्त कार्यालय प्रमुख लोकेन्द्र बोगटी र कार्यालय सहयोगिहरु मात्रै भेट्यौं , हामीले अनुगमनको क्रममा प्राप्त गरेका तथ्यहरुलाई सामाजिक सञ्जालमा भिडियो सहित सार्वजनिक गरेका छौ”, स्थानिय समाजसेवी तथा नेपाल कम्युनिस्ट पार्टी ढकारीका इन्चार्ज कविन्द्र शाहीले भने। उनले थपे,” जनगुनासो आएपछि हामीले स्थानीय जनतासहित अनुगमन गर्यौ, सर्वप्रथम सम्वन्धित सरोकारवालाहरुको ध्यान जावस , यदि समयमै समस्या समाधान नभए जनताले आन्दोलन गर्छन र हामी त्यसको नेतृत्व गर्छौ।”
स्थानीयहरुले बिहिबार गाउपालिका कार्यालयमा गइ गरिएको अनुगमनको क्रममा सार्वजनिक गरिएको भिडियोमा कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु कार्यालयमा नभएको प्रस्ट देख्न सकिन्छ भने निमित्त कार्यालय प्रमुखले दिएको बिबरण अनुसार, कार्यालय प्रमुख राजेन्द्र भाट श्रावण ५ गते बाट बिदानलिई बाहिर रहेको देखिन आउँछ, शिक्षा शाखा प्रमुख टेकनारायण पौडेलले एकै चोटी १ महिनाको विदाको निवेदन दिएको देखिन्छ तर उनी २ महिनादेखि कार्यालयमा अनुपस्थित देखिन्छ्न भने सुचना शाखाका प्रमुख विक्रम बोहराले श्रावण ११ देखि २१ सम्म विदाका लागि निवेदन दिएको भएपनि उनी अझै कार्यालय आएका छैनन । यस्तै अन्य कर्मचारीहरु पनि धेरै दिन देखि कार्यालय बाहिर रहेकोले सेवा प्रवाहमा लापरबाही भएको कुरा एक स्थानीयले जानकारी दिएका छन।
जनतालाई आइपर्ने दैनिक समस्या समाधान गर्न जनताको घर दैलोको सरकार भनिएको स्थानीय तहमा यसरी बिदा बिनै बहिर बस्ने कुरा एकातिर कानुनी र प्रक्रिया सम्वत समेत छैन भने अर्कातिर गैर जिम्मेवार तथा पदिय जिम्मेवारीको दुरुपयोग समेत हो, यसबारे प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनीलाई फोन सम्पर्क गरि बुझ्दा उनले ,यसबारे आफुलाई केही थहा नभएको र छिट्टै बुझेर मात्रै बताउन सकिने जानकारी दिए।