‘राज्य जसरी आउँछ त्यसको सामना गर्न तयार छौ’

२०७९ श्रावण २९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी लमजुङ्गका सेक्रेटरी जेवि भण्डारी ( आक्रोश ) ले यदि सरकारले तीन बुदे सहमतिको उल्लंघन गरेर दमन गर्न आउँछ भने राज्य जसरी आउँछ आफुहरु त्यसको सामना गर्न तयार रहेको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको आसन्न नवौ महाधिवेशनको पुर्व सन्ध्यामा देशव्यापी भइ रहेका भेला- सम्मेलन अन्तर्गत लमजुङ्गको राइनास नगरपालिकाको पार्टी भेलालाई सम्बोधन गर्ने क्रममा नेता भण्डारीले सो कुरा बताएका हुन।
शनिवार सम्पन्न भएको राइनास नगर भेलाले हर्क नेपालीको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।भेलामा सहिद बल बहादुरका भाई गोविन्द बि क , श्रमिक समुदाय मुक्ती मोर्चाका जिल्ला सदस्य चन्द्र र किसान महासंघ लम्जुङ्का जिल्ला सदस्य सन्तोसलेअतिथिको रुपमा आशनग्रहण गर्दै शुभकामना मन्तव्य राखेका थिए। नगर भेलाको अध्यक्षता पार्टी जिल्ला सदस्य रविन्द्र नखोलाले गरेका थिए भने कार्यक्रममा हर्क नेपालीले मन्तव्यद्वारा स्वागत गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]