क्रान्ति अबस्यम्भावी छ – हस्तबहादुर केसी
प्राक्कथन
जनयुद्ध नेपालको भीषण वर्गयुद्ध थियो । जुन युद्धले फाल्गुन १ गते १८ वर्षपूरा गरेर १९ वर्षा प्रवेश गरेको छ । यस ऐतिहासिक अवसरमा यो लेखमार्फ केही चर्चा गर्ने प्रयत्न गरिएको छ । फाल्गनु १ गते नेपालको कम्युनिष्ट आन्दोलनमा र मुलुकको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक दिन हो । फाल्गुन १ गते अर्थात् २०५२ साल फाल्गुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको थालनी गरिएको थियो । “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मूल नाराका साथ थालनी गरिएको यस महान जनयुद्ध वर्गयुद्धको समग्र युद्ध भएकाले फाल्गुन १ गते नेपालको कम्युनिष्ट आन्दोलनमा र मुलुकको समग्र राजनीतिक इतिहासमा एक ऐतिहासिक दिनका रूपमा कहिल्यै नमेटिने गरि लेखिन पुगेको छ ।
रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुलीमाढी प्रहरी चौकी र गोरखा जिल्लाको कृषि विकास बैंकको साना किसान विकासको कार्याालयमा एउटै समयमा अर्थात् २०५२ साल फाल्गुन १ गते मध्यरातमा भौतिक रूपमा आक्रमण -फौजी हमला) गरि नेकपा -माओवादी) को नेतृत्वमा महान् जनयुद्धको थालनी गरिएको थियो । जनयुद्ध वर्गयुद्धको समग्रयुद्ध थियो । त्यस युद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक समेत गरि हरक्षेत्रमा आमूल परिवर्तन गर्ने योजना बनाएको थियो ।
वैज्ञानिक साम्यवादका पर््रवतकद्वय कार्ल मार्क्स र प|mेडरिक एंगोल्सले र्सवहारावर्गले आफ्नो हातमा राज्यसत्ता प्राप्त गर्न लामो गृहयुद्ध या अन्तर्रााट्रय युद्धको आवश्यकतामाथि जोड दिँदै भनेका छन् – “वर्तमान स्थितिलाई फर्ेनका लागि मात्र होइन, आफूलाई फेन र राजनीतिक सत्ताको भार बहन गर्न सक्ने, आफूलाई बचाउनका लागि पनि तपाईहरूले पन्ध्र, बीस र पचास वर्षो गृहयुद्ध र अन्तर्ररााट्रय द्वन्द्वहरूबाट गुज्रनु पर्नेछ ।” एँगेल्स – ५ चुनिएका रचनाहरू भाग – ८, पृष्ठ ५०८ ।
र्सवहारावर्गका पनि महान नेता तथा गृहयुद्धका भनाइसँग नजिक रहेर नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते महान जनयुद्धको थालनी गरेको थियो, जसको स्पष्ट लक्ष्य थियो, ‘विद्यमान पुरानो प्रतिक्रियावादी राज्यसत्ताको समूल अन्त्य गरेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु ।” अझ उसले राज्यसत्ताको चरित्रबारे व्याख्या गर्दै भनेको थियो – ‘राज्य सत्ताबाहेक अरु सबै भ्रम हो’ र राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ” यही माओवादी प्रस्थापनालाई दह्रोगरि आत्मसाथ गरेर संचालन गरिएको जनयुद्धले सामन्तवादी, साम्राज्यवादी लुटेराहरूको र्स्वर्गमाथि धावा बोल्यो । नेपाली कम्युनिष्ट आन्दोलनमा हावी रहेको संशोधनवादी र सुधारवादी चक्रव्यूहलाई तोडेर साँचिकै संसारलाई चकित तुल्यायो । माओवादीको यस अभियानले संसारमा भोका, नांगा जनताको अनुहारमा खुसी र उत्साह ल्याइदियो र जनयुद्ध वास्तवमा जनताको न्यायपूण् युद्ध बन्न पुग्यो ।
दश वर्षम्म संचालन हुन पुगेको महान जनयुद्ध नेपाली समाजको आमूल परिवर्तन गर्ने युगान्तकारी अभियान थियो । राज्यसत्ता भन्नाले पुरानो सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र लगायत सबै संयन्त्रमा आमूल रूपान्तरण गर्ने अभियान पनि थियो जनयुद्ध । जुन १० वर्षो जनयुद्धले पुरानो सत्ताको स्थानीय संरचनालाई सम्पूण् रूपले गाउँबाट निस्तेज पार्यो । जनयुद्धकै बलमा माओवादीले पुरानो सत्ता आफ्नो हातमा लिँदै केन्द्रीय सत्ता स्थापनाको निम्ति समानान्तर सरकार निर्माण गरेर देखाइदियो । जनयुद्धले साम्राज्यवादी, विस्तारवादी शासकहरूलाई चोटिलो प्रहार मात्र गरेको थिएन, त्यसले विश्वभरका भाइचारा र श्रमजीवीहरूलाई क्रान्तिकारी उत्साह र आशा प्रदान गरेको थियो । छोटो समयमै जनयुद्धले हासिल गरेको गुणात्मक छलाङले नेपाल विश्व क्रान्तिको आधारकिल्ला बन्न पुगेको थियो र “नयाँ विश्व सम्भव छ” भन्ने विश्वास पैदा गरेको थियो संसारभरि त्यसले ।
अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा सामन्तवाद साम्राज्यवाद एवं विस्तारवादको विरोधमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढ्नका लागि नेकपा -माओवादी) द्वारा २०५२ साल फाल्गुन १ गतेदेखि जुन महान जनयुद्धको ऐतिहासिक पहल गरेको थियो त्यसमा पार्टीीेन्द्रीय समितिद्वारा जनयुद्धको पहिलो योजना तयार पार्दा “राजतन्त्रात्मक संसदीय व्यवस्था” को विरोधका साथै समग्र प्रतिगामी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ताको स्थापना” का लागि महान जनयुद्ध संचालन गर्ने लक्ष्यबारे स्पष्ट पारिएको थियो । तदनुरूप जनयुद्ध रणनीतिक रक्षा र सन्तुलनको प्रक्रियाका बीचबाट विकसीत हुँदै दश वर्षो अवधिमा सशक्त रूपमा अगाडिग बढ्यो । तर २०६२ साल असोज – कार्त्तिकमा सम्पन्न चुनवाङ बैठकबाट पार्टर्ीी जनयुद्धको कार्यदिशालाई स्थगित गरेर लोतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेर शान्ति प्रक्रियामा समेल गर्यो र २०६२ मंसीर ७ गते भारतको नयाँ दिल्लीमा सात संसदवादी राजनीतिक दलहरूसीत राष्ट्रघाती १२ बुँदे सभदारी कायम गरेर २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभामा भाग पनि लियो । उपस्थित हुन पनि सफल भयो । २०६५ जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले २४० वर्षो शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र नेपालको घोषणा पनि गर्यो । सामन्ती राजतन्त्र गर्ने कार्यमा दश वर्षजनयुद्धको महत्वपर्ूण्ा उपलब्धी बन्न पुग्यो ।
शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात दश वर्षो जनयुद्धको मुख्य नेतृत्व समेत गर्दै आएका प्रचण्ड र बाबुराममा पहिलेदेखि सुसप्त अवस्थाबाट विकास गर्दै आएको अवसरवाद स्पष्ट रूपमा प्रकट हुन पुग्यो र त्यस अवसरवादले उनीहरूमा गम्भीर प्रकारको विचलन पैदा गरेपछि जनयुद्धको प्रक्रियासँग संविधानसभालाई नेपाली नयाँ जनवादी क्रान्तिको कार्यनीतिका रूपमा उपयोग गर्ने नीति बनाउँदै आएकोमा प्रचण्ड – बाबुरामले यसलाई रणनीतिको रूपमा प्रयोगमा ल्याउन थालेपछि पार्टर्ीीत्र भीषण दर्ुइ लाइन संर्घष्ा शुरु भयो । उनीहरूमा विकसीत भएका अवसरवादले नवसंशोधनवादमा गुणात्मक ढंगले फड्को हान्न पुग्यो र साम्राज्यवाद तथा विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गर्दै नेपाली क्रान्ति र नेपाली जनतालाई धोका मात्र दिइएन कि सिंगो नेपाली क्रान्ति प्रति नै गम्भीर प्रकारको गद्धारी गरेर नेपाली क्रान्तिको महान झण्डालाई बीच बाटोमै फ्याकेर भागेपछि नेपाली क्रान्तिको मैदान खाली हुन पुग्यो । अतः हान नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभारहरू पूरा गर्ने उद्देश्यले एकीकृत माओवादीका तत्कालिन वरिष्ट उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा संचालित रहेका क्रान्तिकारीहरूले त्यस नवसंशोधनवादी समुहसीत करीव २१ महिना पहिले सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी – माओवादी पुनर्गठन हुन पुग्यो र करीव १३ महिना पहिले पार्टीे सातौं महाधिवेशनबाट ‘जनयुद्धकोा जगमा जनव्रि्रोह’ को नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरिएको हो र अहिले हामी यस कार्यदिशालाई थप परिस्कृत गर्दै नेपाली क्रान्तिका सात तयारीहरू पूरा गर्ने योजना साथ अगाडि बढि रहेका छौं । यही २०७० साल फाल्गुन १ गतेबाट महान जनयुद्धले १८ वर्षपूरा गरेर १९ वर्षा प्रवेश गरिसकेको यस ऐतिहासिक अवसरमा महान जनयुद्धको ऐतिहासिक सर्न्दर्भमा यस लेख मार्फ केही महत्वपर्ूण्ा विषयहरूमाथि प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
किन आवश्यक थियो जनयुद्ध –
जुन परिस्थितिमा नेकपा माओवादीले महान जनयुद्धको थालनी गर्यो, त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन दशकौंको लामो दक्षिणपन्थि संशोधनवादको भाषामा फसीसकेको थियो । संसदवाद, सुरधावाद, व्यवहारुवाद, अनुभववाद, बहुलवाद, सारसंग्रहवाद लगायतका ‘अजियासको तवेला’ झै फोहरले पूरै काम नलाग्ने भइसकेको थियो । यस्तो बेला कम्युनिष्ट आन्दोलन ‘अजियासको तवेला’ सफा गर्न ‘क्रान्तिकारी हर्कुलस’ को आवश्यकता अनिवार्य रूपले उपस्थित हुन पुगेको थियो । अतः नेपाली कम्युनिष्ट आन्दोलनमा त्यही ‘अजियासको तबेला’ सफा गर्न तत्कालिन नेकपा -माओवादी) ले ‘क्रान्तिकारी हकुलस’ को भूमिका पूरा गर्न महान जनयुद्धको तयारीमा जान प्रतिबद्धता व्यक्त गर्यो र त्यसका लागि २०५१ साल फाल्गुन २ – ४ गतेसम्म माओवादीले गोरखामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेर जनयुद्धमा जाने निर्ण्रागर्यो । त्यसपछि २०५२ असारमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले महान् जनयुद्धका लागि चार आधार र चार तयारी जस्ता काममा लाग्न पार्टींक्तिलाई निर्देशन पनि गर्यो । त्यसैक्रममा माओवादी जनयुद्ध गर्न किन आवश्यक छ – यसको लक्ष्य के हुने – माओवादी किन बन्दुक उठाउँदै छ – किन जनवादी क्रान्ति आवश्यक छ – यी लागयतका तमाम सवालहरूको जवाफ पनि नेकपा -माओवादी)ले “जनयुद्धको ऐतिहासिक पहलका लागि सैद्धान्तिक प्रतिबद्धताहरू” नाम दिएर ७ बुँदे प्रतिबद्धताहरू व्यक्त गरेको थियो । र त्यसको आठ महिना पछि माओवादीले महान् जनयुद्धको शुरुवात गर्यो । जसले सबैखाले संशोधनवादी, प्रतिक्रियावादीहरूको र्स्वर्गमा ठूलो भुइँचालो ल्याइदियो । अनि क्रान्तिकारी जनता, विश्वका भाइचाराहरूमा आशा र उत्साहको सञ्चार पैदा गर्यो ।
महान् जनयुद्धको थालनी गर्नुभन्दा आठ महिना पहिले माओवादीले जुन ‘जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू’ नाम दिएर जुन ७ बुँदे प्रतिबद्धताहरू व्यक्त गरेको र त्यसमा जनयुद्धलाई आंशिक सुधार सम्झौतामा फस्न दिइने छैन भन्ने थप प्रतिवद्धताका साथ ७ बुँदे प्रतिबद्धता जाहेर गरेको थयो, महान् जनयुद्धको ऐतिहासिक सर्न्दर्भका विषयमा चर्चा गरिरहेको यस परिवेशमा ती ७ बुँदे प्रतिबद्धताहरूलाई यहाँ समावेश गर्दाै सान्दर्भिकता नै होला भन्ने महशुस गरिएको छ जो यस प्रकार छन्
क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद- लेनिनवाद- माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट सहर घर्ेर्ने रणनीतिमा आधारित दर्ीघकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सर्न्दर्भमा पार्टी पुनः माओद्वारा विकास गरिएको र्सवहारावर्गको र्सार्वभौम र अपराजेय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
ख) जनयुद्धको थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संर्घष्ाको प्रमुख उद्देश्य हो भन्ने कुरा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संर्घष्ा गर्न पार्टीीाफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा र्सवहाराको अधिनायकत्वअर्न्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संर्घष्ाको थालनी गर्नु र्सवहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संर्घष्ा जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सबै प्रकारका सम्झौतामा टुग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र संर्घष्ा सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीण्ा, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी व्रि्रमहरूबाट सम्पर्ूण्ा रूपले मुक्त रहनेछ ।
घ) हाम्रो योजना र्सवहारा अन्तर्राावादको हान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, र्सवहारा विश्वक्रान्तिको अभिन्न अंग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी सर्न्दर्भमा मार्क्सवाद – लेनिनवाद – माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्रााट्रय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्रााट्रयतावादी आन्दोलन रिम -जसकोा हाम्रो पार्टीीदस्य छ) को विकासाम अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूवक लिन्छ ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा र्सवहारावर्गको पार्टी नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको र्सार्वभौमिकताअनुसार पार्टर्ीीभत्री संर्घष्ालाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीीई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टीीटिबद्ध छ ।
च) हाम्रो यो योजना र्सवहारावर्गको पार्टी स्वतन्त्र आत्मनिर्ण्राो अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टी नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संर्घष्ा सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संर्घष् श्रमजीवि जनसमुदाया मुख्यत गरिब किसानहरूमाथि भर परेर चल्नेछ । किहल्यै र कुनै पनि हालतमा पार्टीीेशी एवम् प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन ।
छ) युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखमा अघि बढ्नेछ । लेनिनको ‘क्रान्ति आफूले आफ्नो विक्रासक्रममा सधैं नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्समत् गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ ।
जनयुद्धका प्रमुख ऐतिहासिक उपलब्धिहरू
महान् दश वर्षो जनयुद्धका प्रमुख ऐतिहासिक उपलब्धिहरू निम्न अनुसार रहेका छन्ः
१. देशव्यापी रूपमा निकै शक्तिशाली क्रान्तिकारी पार्टी रूपमा नेकपा -माओवादी) को निर्माण ।
२. लडाकू तथा छापामार दलबाट विकसीत चीनमा माओत्सेतुङको निधनपछि विश्व कम्युनिष्ट आन्दोलन भै सबैभन्दा ठूलो र शक्तिशाली तथा वैज्ञनिक दिमाग र हात भएका सात डिभिजन सम्मको जनमुक्ति सेनाको निर्माण ।
३. देशका विशाल भू भागहरूमा आधार इलाका तथा जनसत्ता, जनअदालत र जनसरकारको निर्माण गरेर जनसत्ताको संचालनको अभ्यास गरिएको ।
४. मुलुकको जनसंख्याको करीव ७५% भू भाग नेकपा -माओवादीं को पकडमा आउन सफल भएको ।
५. महान् जनयुद्ध तथा जनसरकारमा मजदूर वर्ग सहित किसान, महिला, जनजाति, दलित, मधेसी, मुस्लिम लगायतका जनसमुदायको सहभागिता र वर्गीय, जातिय, लैङ्गकि तथा दलित चेतनाको विकास ।
६. नयाँ कार्यनीतिक श्रृंखलाको विकास ।
७. महान् जनयुद्धलाई अगाडि बढाउने काममा पार्टीजनसमुदाय, जनमुक्ति सेना, जनवर्गीय मोर्चा र जनसाँस्कृतिक फाँटका योद्धाहरूका साथै हजारौं बारे अमर शहीदहरू तथा पनि मत्वपूण् भूमिका र योगदान रहन पुग्यो ।
८. २०५२ फाल्गुन १४ गते गोरखाका हान जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलबाट शुरु भएको महान् शहीदको श्रृंखला निर्माण गर्ने क्रममा वैकल्पिक पोलिट व्यूरो सदस्य सुरेश वाग्ले -वासु) किम बहादुर थापा -सुनिल), रित बहादुर खड्का -प्रताप) लागयत जुन दशौं हजारभन्दा बढि महान् वीर वीर गानाहरूले शहीदवरण गर्न पुगे, यो महान् १० वर्षो जनयुद्धको महत्वपूण् उपलब्धिको रूपमा लिइन्छ । नेपालको कम्युनिष्ट आन्दोलन र समग्र राजनीतिक इतिहासमा यो भन्दा ठूलो साहदात कहिल्यै भएको थिएन ।
९. २०५६ जेठ ७ गते काठमाडौंबाट माओवादी केन्द्रीय सदस्य दण्डपाणी न्यौपानेबाट राज्यद्वारा विपत्ता पार्ने जुन प्रक्रिया अगाडि बढ्यो त्यस क्रममा हजारौं नेपाली नागरिकहरू वेपत्ता पारिन बाध्य भए जसको अहिलेसम्म राज्यले र्सार्वजनिक गर्न सकेको छैन । यो पनि १० वर्षो जनयुद्धको महत्वपूण् योगदान र उपलब्ध समेत हो ।
१०. महान् दश वर्षो जनयुद्धको क्रममा हजारौंको संख्यामा नेपाली नागरिकहरूलाई प्रतिक्रियावादी राज्यपक्षबाट घाइते र अपाङ्ग तुल्याई यो यो पनि जनयुद्धको महत्वपूण् योगदान र उपलब्धिको रूपमा लिइन्छ ।
अतः नेपाली क्रान्तिको निम्ति नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो देशको विशाल भू भागहरूमा आधार इलाकाहरूको निर्माण गर्नु, जनसत्ता र जनअदालतहरू निर्माण गरेर नयाँ जनताको सत्ताको अभ्यास र परिचालन गर्नु, जनअदालतबाट जनताले इतिहासमै पहिलो पटक उचित न्याय दिलाउनु र देशव्यापी रूपमा जनसरकारहरू निर्माण गरेर पुरानो प्रतिक्रियावादी सत्ताको विकल्पमा जनताको सराकर निर्माण गर्दै समानान्तर सरकार संचालन गर्नु, जुन जनसत्ता, जनाअदालत र जनसरकारहरूको निर्माण र परिचालन पश्चात गाउँबाट स्थानीय पुराना सत्ताहरू ध्वस्त पारिनु जुन कि २०५४ सालमा पुरानो सत्ताले निर्माण गरेका जिल्ला विकास समितिहरू गाउँ विकास समितिहरू, वडा विकास समितिहरू, पाँच विकास क्षेत्र अन्तरगतका क्षेत्रीय विकास समितिहरू महान् १० वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत नयाँ जनसत्ताहरू भौतिक तथा वैचारिक, राजनीतिक रूपले समेत ध्वस्त पार्न पुग्यो ती पुराना सत्ताका स्थानीय संरचनाहरू करीव १७ वर्षपुगीसक्दा सम्म पनि प्रतिक्रान्ति पश्चात पनि पुरानो प्रतिक्रियावादी सत्ताले अहिलेसम्म पुनः निर्माण गर्न सकिरहेको छैन र शुन्य अवस्थामा रहेका छन् । यो महान दश वर्षो जनयुद्धको सकारात्मक उपलब्धिको परिणाम हो । दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत नेकपा -माओवादी) ले जुन देशव्यापी रूपमा जनसरकारहरूको निर्माण गरेर पुरानो सत्ताको विकल्पमा समानान्तर सरकारका चलाएर केन्द्रिकृत पुरानो केन्द्रीय सत्तालाई गम्भीर प्रकारको धक्का दिएर जुन प्रकारको विघटनमा पुर्यायो त्यो अहिले ९/१० वर्षो अवधि सम्म पनि प्रतिक्रियावादीहरूले पुनः एकीकृत प्रतिक्रियावादी पुरानो सत्तालाई संगठित रूपले ब्यूँताउन सकेका छैनन् । फरक फरक विचार राख्ने, फरक फरक वर्ग स्वार्थको राजनीतिक प्रतिनिधित्व गर्दै आएका भए पनि त्यसमाथि पनि दश वर्षो जनयुद्धको नेतृत्व गरेर आएको माओवादीको एउटा हिस्सा नवसंशोधनवादमा पतन भएर त्यही पुरानो प्रतिक्रियावादी सत्तामा सामेल भइसक्दा सम पनि पुराना नयाँ संसदवादी दल कुनैले पनि एक्लै सत्ता संचालन गर्ने अवस्थामा छैनन् र साम्राज्यवादी तथा विस्तारवादीहरू विशेष गरि भारतीय विस्तारवादले काँग्रेस, एमाले, एमाओवादी, मधेशी मोर्चाहरूलाई एउटै कित्तामा घालमेल गरेर एउटै डल्लो पारिदिँदा खेरी पनि उनीहरूले उनीहरूकै सारतत्वमा गतिलो सरकार चलाउने हैसियतमा छैन र एक पछि अर्को गर्दै विभिन्न मुद्दाहरूमा फस्दै गएका छन् । चारैतिरबाट आफ्नो हैसियत गुमाउँदै गएको छन् र उनीहरूका कुकिर्ते र जनविरोधी एवं राष्ट्र विरोधी क्रियाकलापकै कारण मुलुक राष्ट्रिय संकटमा फस्दै गइरहेको छ । यी सबै कारणहरू महान् दश वर्षो जनयुद्धले पैदा गरिदिएको संकट हो । यसलाई हामी क्रान्तिकारीहरूले महत्वपर्ूण्ा उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, चीनमा सन् १९७६ मा माओत्सेतुङको मृत्यु पश्चात विश्व कम्युनिष्ट आन्दोलनमै नेकपा -माओवादी) ले सबैभन्दा ठूलो र शक्तिशाली एवं वैज्ञानिक दिमाग र हातहरूको जनमुक्ति सेनाको जुन निर्माण गर्यो यो महान् दश वर्षो जनयुद्धको सबैभन्दा ठूलो उपलब्धि थियो, जुन जनमुक्ति सेना नेपालले देशी विदेशी प्रतिक्रियावादीहरूलाई थर्कमान् तुल्याई दिएको थियो । अतः जनमुक्ति सेना नेपालको निर्माण र परिचालन महान् दश वर्षो जनयुद्धको मुख्य उपलब्धि भएकै कारणले देशी विदेशीहरूको न्रि्रा हराम पारिदिएको र उनीहरू लामो समयसम्म आरामसीत निदाउन नपाउने भएकै कारणले त उनीहरूले प्रचण्ड बाबुरामलाई दह्रोसीत पकडेर जनमुक्ति सेना नेपाललाई हतार हतारमा विघटन गराउन लगाएर जनमुक्ति सेनाले बोक्दै आएका र नेपाली जनताको रगतले साटिएका हतियारहरू राता रात प्रतिक्रियावादी सत्तालाई बुझाउन लगाए । त्यसपछि बल्ल उनीहरूले आरामसीत प्रचण्ड बाबुरामलाई उपयोग गरेर रातारात पहिलो संविधानसभालाई अवसान गराए कथित दोश्रो संविधान सभा निर्वाचनको नाटक मञ्चन गराएर त्यसैबाट अहिले साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूको कथित संविधान सभामा दर्ुइ तिहाई बहुमत पुर्याई दिएका छन् र एमाओवादीलाई कागती निचोरेझैं निचोर रद्धिको टोकरीमा फ्याँकिदिएका छन् ।
महान् दश वर्षो जनयुद्ध नेपाली क्रान्तिको जग
देश अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यहाँ गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । यो क्रान्तिको नेतृत्व नेपाली र्सवहारावर्गको राजनीतिक अग्रदस्ता कम्युनिष्ट पार्टी मजदूर किसान एकताको आधारमा मात्र सम्पन्न गर्न सक्छ । त्यसो भएर नै हामीले करीव २१ महिना पहिले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादीको पुनगर्ठन गरेका हौं । नेकपा – माओवादी नेपाली र्सवहारावर्गको सबैभन्दा उच्चस्तर संगठीत राजनीतिक अग्रदस्ता हेा र वर्तमान नेपाली क्रान्तिको निर्ण्ाायक नेतृत्वदायि शक्ति पनि हो । यसको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नु हो भने अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्नु हो ।
अतः यो महान् लक्ष्य र उद्देश्यहरू प्राप्त गर्नका निम्ति ठिक १३ महिना पहिलेा पार्टी सातौं राष्ट्रिय महाधिवेशनबाट ‘जनयुद्धको जगमा जनव्रि्रोह’ को कार्यदिशा पारित गरेर नेपाली नयाँ जनवादीा क्रान्तिका योजनाहरूलाई अगाडि बढाइरहेका छौं । गत मंसीर ४ गते सम्पन्न गरिएको कथित दोश्रो संविधान सभालाई सशक्त र सक्रिय रूपमा बहिष्कार गरेर हामीले आफ्नो सारतत्वमा राजनीतिक विजय हासिल गरिसकेका छौं र हाम्रो पार्टी माओवादीले तेश्रो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सफल भएका छौं । यो इतिहासमै महत्वपूण् उपलब्धि हो ।
मंसीर २३ – २९ मा सम्पन्न पार्टी तेश्रो पूण् बैठकबाट हामीले नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा जनयुद्ध जगमा, जनव्रि्रोहलाई थप मरिमार्जन गर्ने र नेपाली क्रान्तिका सात तयारीहरू पूरा गर्दै अगाडि बढ्ने, पार्टर्ीीाहिरका सम्पूण्ा क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने, पार्टीेतृत्वमा जवस, मोर्चा आदिलाई समेटी केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी मोर्चा बनाउने, ३३ दलीय राजनीतिक मोर्चालाई आवश्यक परिमार्जन सहित कायमै राखेर अगाडि बढ्ने, राष्ट्रवादी शक्तिहरूलाई समेट्न प्रयत्नशील रहने र न्यूनतम साझा कार्यक्रमका आधारमा जनसंर्घष्ामा सम्मिलित हुन चाहने राजनीतिक शक्तिहरूसीत व्यापक रूपमा कार्यगत एकता गर्ने, सच्चा देशभक्त, जनवादी तथा वामपन्थिहरूलाई गोलबन्द गरि नयाँ राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्ने समेत निर्ण्र्ाागरिसकेका छौं ।
कथित दोश्रो संविधान सभा पश्चगामी तथा यथास्थितिवादी राजनीतिक शक्तिहरूको कब्जामा परिसकेको वर्तमान अवस्थामा वैदेशिक हस्तक्षेप तथा षड्यन्त्र मुक्त नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधानसभाको विघटन, अधिकार सम्पन्न उच्चस्तरीय तथा र्सवपक्षीय राजनीतिक सभाको आयोजना, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय ास्वाधिनता तथा र्सार्वभौमिकताको रक्षाका कामलाई नै तत्कालिन राजनीतिक कार्यनीतिका रूपाम लिएर शसक्त जनआन्दोलनको उठान गर्ने निर्ण्र्ाागरेका छौं । यी सबै कार्यहरू महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यले संकेन्द्रित बन्न पुगेका छन् । यो सबै कार्यको जग भनेकै महान् दश वर्षो जनयुद्ध नै हो । जनयुद्धको जगलाई परित्याग गरेर, त्यसका उपलब्धिहरूलाई न्यूनीकरण वा वेवास्ता गरेर महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिँदैन । महान् नेपाली जनवादी क्रान्तिको जग भनेकै महान् दश वर्षो जनयुद्ध नै हो । यद्यपी यतिबेला दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत निर्माण गरिएका संरचनाहरू भत्काइएको भएता पनि हामीसीत त्यसको प्रयाप्त अनुभव र शिक्षा छ । जनताको चेतना छ । यो नै अहिलेको नेपाली क्रान्तिको जग हो । यसलाई भूलेर हामी क्रान्ति सम्पन्न गर्न सक्तैनौं ।
कसरी गुमे जनयुद्धको उपलब्धिहरू –
माथि नि ठाउँ ठाउँमा चर्चा गरिएको छ कि महान् दश वर्षो जनयुद्धको प्रक्रियाबाट प्राप्त गरेका भौतिक संरचनाहरू र उपलब्धिहरू हामीले गुमाइसकेका छौं र हामीसीत मात्र ठूलो अनुभव र शिक्षा मात्रै बाँकी छ । जनताको चेतना स्तर बाँकी छ भन्दै आएका छौं । हामीले ती महान् उपलब्धिहरूलाई किन र कसरी गमाउन पुग्यौं त – यस विषयमाा व्यापक छलफल ार उचित समिक्षा गर्ने कार्य त्यति भएको छैन । अझैं अधुरै छ । तर वैज्ञानिक ढंगले यसको समिक्षा गर्न जरुरी छ । कारण त धेरै हुने नै भए तर पनि मुख्य मुख्य कारणहरूलाई यहाँ उल्लेख गर्दा राम्रै हुन्छ ।
पहिलो कारण
चुनवाङ बैठक जुन नेकपा -माओवादी) ले २०६२ असोज – कार्तिकमा सम्पन्न गर्यो, जुन बैठकलाई माओवादीको चर्चित बैठकको रूपमा बुझ्ने पनि गरिन्छ, त्यस बैठकले सशस्त्र जनयुद्धको कार्यदिशालाई परित्याग गरेर लोकतान्त्रिक गणतन्त्रको पूँजीवादी संसदीय कार्यदिशा पारित गरेर ‘शान्ति प्रक्रिया’ भन्ने नाम दिइएको साम्राज्यवादी तथा विस्तारवादीहरूले तत्कालिन तिनका दलाल नेपाली काँग्रेस, नेपाली काँग्रेस प्रजातान्त्रिक, एमाले लगायतका संसदवादी दलहरूलाई हतियार बनाएर माओवादलाई बल्झाउने योजनाका साथ शान्ति प्रक्रियाको जाल फिजारिएको थियो । त्यसैमा माओवादी शान्ति प्रक्रियामा प्रवेश गर्ने नाममा बल्भिmन पुग्यो, यहीबाट महान् दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत प्राप्त गरिएका उपलब्धिहरू गुम्ने, गुमाउने प्रक्रिया शुरु भयो ।
सैद्धान्तिक गल्ती – चुनवाङ बैठकबाट भयो । किनभने सुधारवादी कार्यदिशा पकडेकै कारण बाबुराम भट्टर्राईलाई पार्टीी कार्वाही गरिएको थिजयो । तर बाबुरामले अगाडि सार्दै आएको सुधारवादी कार्यदिशालाई पार्टीीध्यक्ष समेत रहेका पुष्प कमल दाहाल प्रचण्डले समेत आत्मसाथ गर्न पुगेपछि बाबुरामको कार्वाही पनि फुकुवा भयो र प्रचण्ड र बाबुरामबीच एकता भएर जुन शान्ति प्रक्रिया प्रवेश गर्न सुधारवादी बुर्जुवा संसदवादी कार्यदिशा पारित गरिएको यहीबाट शुरु भयो महान् ा जनयुद्धलाई समाप्त पार्ने, जनयुद्धका उपलब्धिहरूलाई गुमाउने र नेपाली क्रान्ति प्रति गद्धारी गर्ने र नेपाली जनतालाई धोका दिने कार्यको थालनी । यस प्रकारको सैद्धान्तिक गल्ती गर्दा समेत त्यसलाई रोक्न प्रयत्न समेत गर्न नसक्न् त्यतिबेला पार्टीीभत्रको क्रान्तिकारी नेता कार्यकर्ताहरूको ठूलो कमजोरी रहन गयो । यसको ठोस समिक्षा हुन बाँकी नै छ ।
दोश्रो कारण
शुरुमै चुनवाङ बैठकबाट सैद्धान्तिक गल्ती गरिसकेपछि अन्य कारणहरू खाली सहायक मात्र बन्नु स्वाभाविक भयो । जस्तो भारतीय विस्तारवादको मध्यस्थतामा भारतको राजधानी नयाँ दिल्लीमा निरंकुश राजतन्त्रको अन्त्य मात्रै राजतन्त्तको अन्त्य होइन र संसदीय व्यवस्थालाई नै अस्वीकार गर्दै आएको पार्टी विघटित संसदको पुनस्थापना जस्ता बुँढा सहितको १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्नु माओवादीको अर्को सैद्धान्तिक गल्ती र ठूलो भूल थियो । त्यस बखत पनि पार्टीीभत्रका क्रान्तिकारीहरूले रोक्ने कार्य त कठिथ नै थियो, कुनै पनि विरोधको आवाज नउठाउनु अर्को भूल थियो ।
तेश्रो कारण
२०६३ साल मंसीर ५ गते नेपाल सरकार र व्रि्रोही नेकपा एमाओवादी बीच वृहत्त शान्ति सम्झौता सम्पन्न गर्ने क्रममा आजका मितिदेखि आजसम्म चल्दै आएका, सम्पूण् सशस्त्र संर्घषाहरू खारेज गरियो भन्ने सम्झौता पत्रमा पार्टीीध्यक्षका हैसीयतबाट प्रचण्डले हस्ताक्षर गर्नु अर्को महाभूल र सैद्धान्तिक गल्ती थियो । यहाँ पनि यसलाई रोक्ने कार्यमा पार्टीीभत्रका क्रान्तिकारीहरूको कुनै प्रयास भएन । यो पनि ठूलो भूल थियो ।
चैथो कारण
सरकारमा जाने लोभले २०६३ असार २ गते संसदवादी राजनीतिक दलहरूसीत ८ बुँदे सम्झौता गर्ने क्रममा, आधार इलाकाहरू, जनसत्ता र जनअदालतहरू तथा जनसरकारहरूका खारेज गर्नुपर्ने संसदवादीहरूको प्रस्तावलाई स्वीकारेर सम्झौता गर्नु पनि ठूलो सैद्धान्तिक गल्ती थियो । त्यहाँ पनि क्रान्तिकारी चुप लागेर बस्नु ठूलो भूल थियो ।
पा“चौं कारण
प्रचण्ड बाबुरामले ऐतिहासिक खरिपाटी राष्ट्रिय कार्यकर्ता भेला र पालुङार प्लेनमका निर्ण्र्ाारू उल्ट्याउँदै निर्लज्ज ढंगले साम्राज्यवाद र विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गर्दै पार्टीीई प्रतिक्रियावादी कित्तामा सामेल गर्दै जनमुक्तिको विघटन, हतियार, प्रतिक्रियावादी सत्तालाई बुझाउने र नेपाली क्रान्तिका सम्पर्ूण्ा योजनाहरू प्रतिक्रियावादीहरूलाई बुझाएर नेपाली क्रान्ति र नेपाली जनतालाई धोका दिँदै नेपाली क्रान्तिप्रति गम्भीर किसिमको गद्धारी गरेर महान् नेपाली क्रान्तिको झण्डालाई बीच बाटोमै लत्याएर भाग्दासम्म पनि उनीहरूलाई संशोधनवादी गद्धार घोषणा गरेर पार्टीीट र डा. केशरजंग रायमाझीलाई निकालेझैं सिंगै नेपाली कम्युनिष्ट आन्दोलनबाट निकालेर फ्याक्न त्यस भित्रका क्रान्तिकारीहरूले आँट नगरेबाट महान् दश वर्षो जनयुद्धबाट प्राप्त महत्वपूण् उपलब्धि गुमाउनु पर्यो र नेपाली क्रान्तिलाई गम्भीर प्रकारको धोका हुन पुग्यो । यसको समिक्षा पनि वस्तुवादी ढंगले गर्न आवश्यक छ ।
छैठौं कारण
प्रचण्ड बाबुराममा रहेको अवसरवादलाई पार्टीीत्रका क्रान्तिकारीहरूले समयमै पहिचान गर्न नसक्दा देश, जनता र क्रान्तिलाई ठूलो घाटा पुग्न गयो । प्रचण्डमा रहेको सारसंग्रहवाद र बाबुराममा रहेको व्यवहारवाद, अनुभवबाट र बुद्धिवादलाई समयमै चिन्न र त्यसको चिरफार गर्न नसक्दा पार्टीीत्र दार्शनिक पक्ष पनि गोलमोटोल भइरहनुले पनि क्रान्ति र आन्दोलनलाई ठूलो नोक्सानी हुन पुग्यो ।
जनयुद्धका उपलब्धिहरूको रक्षाको प्रश्न
दशौं हजार महान शहीदहरूको रगतले साटेर निर्माण गरिएका महान् जनयुद्धका भौतिक उपलब्धिहरू अब हामीसीत छैनन् । ती चीजहरू नेपाली जनताले गुमाइसकेका छन् । केवल राजनीतिक उपलब्धिहरू मात्र छ हामीसीत महान् जनयुद्धाको बृहत अनुभव र शिक्षा मात्र छ हामीसीत । जनताको उच्चस्तरको चेतनामात्र छ हामीसीत । सही क्रान्तिकारी विचारमात्र छ हामी सीत । त्यसो भए हामीले गर्ने रक्षाको प्रश्न के हो त – भन्ने प्रश्न खडा हुनु स्वभाविक छ । तर सबैभन्दा ठूलो विचार हो । क्रान्तिकारी विचार अर्थात् मार्क्सवाद – लेनिनवाद- माओवाद विचार सिद्धान्त नै सबैभन्दा ठूलो चीज हो । त्यसो भएर हामीले अब संरक्षण गर्ने भनेको पनि यही क्रान्तिकारी मालेमावादी विचार र सिद्धान्द नै हो । यही विचारले लैस भएकै कारणले २०५२ सालमा नेकपा -माओवादी) ले महान् जनयुद्धको थालनी गर्यो र छोटै अवधिमा नेपाली धर्तीलाई मात्र होइन विश्वलाई नै एक पटक राम्ररी झकझक्याउन सफल भएको थियो । यही क्रान्तिकारी विचारको रक्षा र विकासको प्रश्न नै महान् जनयुद्धका उपलब्धिहरूको रक्षाको प्रश्न पनि हो । किनकि हामीले अहिलेा यही महान् दश वर्षो जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली नयाँ जनवादी क्रान्त सम्पन्न गर्ने कार्यनीतिक योजनाका साथ अगाडि बढि रहेका छौं । महान् दश वर्षो जनयुद्धबाट पन्छेर नेपाली क्रान्ति सम्पन्न गर्ने सक्तैनौं । नेपाली क्रान्तिको जग भनेकै दश वर्षो जनयुद्ध हो ।
दशौं हजार शहीदहरूले जनताको हितको निम्ति आफ्नो जीवन वीरतापूवक अर्पण गरेका छन्, हामी तिनको झण्डालाई माथि उचारे र तिनको रगतले गाडा भएको बाटोमा अघि बढेर मात्र महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्ने छौं । हामीले ती महान् शहीदहरूको रगतको रक्षा गर्नुपर्दछ र तिनका अपूरा सपनाहरू पूरा गर्ने दिशामा अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सक्छौं । हामीले जुन मालेमावादी विचारलाई आत्मसाथ गरेका छौं त्यही विचारलाई हामीले पार्टी पथप्रदर्शक सिद्धान्त बनाएका छौं । यसैको सही प्रयोग रक्षा र विकास गर्ने आँट गर्नु नै महान् दश वर्षो जनयुद्धका उपलब्धिहरूका रक्षा गरेको ठहर्नेछ । हिजो यही विचारले नै महान् उपलब्धिहरू हासिल गरेका थियौं । तर पार्टी मुख्य नेतृत्वले त्यही विचारलाई परित्याग गरेर गलत लाइन र विचारलाई आत्मसात गर्न पुगेपछि ती सम्पूण् भौतिक संरचनाहरू हामीले गुमान बाध्ये भएका थियौं । हामीले जुन सही विचारलाई आत्मसाथ गरेका छौं । जुन सही र क्रान्तिकारी पार्टीीनर्माण गरेका छौं, भोली हामीले पुनः विगतमा भन्दा पनि अझै उच्चस्तरमा उपलब्धिहरू हासिल गर्न सफल हुनेछौं, किनकि जनता हाम्रो साथमा छन् । जनता भनेका एक भाकाइतिहास निर्माता हुन् । हिजो नेपाली जनताले जनु इतिहास निर्माण गरे, भोली पनि त्यो इतिहास निर्माण गर्न पछाडि पर्ने छैनन् । त्यसका निम्ति हामी सधैं सही क्रान्तिकारी बनिरहनु पर्दछ ।
उपसंहार
हामी यतिबेला सम्म पनि नेपाली नयाँ जनवादी क्रान्तिकै चरणमा छौं । हामीले महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्य र योजन तथा आँटका साथ करीव २० महिना पहिलो नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादीको पुनर्गठन गरेका थियो र ठिक १३ महिना पहिले पार्टीे सातौं महाधिवेशनबाट ‘जनयुद्धको जगमा जनव्रि्रोह’ नाम नेपाली नयाँ जनवादी क्रान्तिका वर्तमान कार्यदिशा पारित गरेका थियौं । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न हामी संकल्पबद्ध छौं भनिरहेका छौं । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि हाम्रो पार्टीींकल्पबद्ध छ भनिरहेका छौं । हाम्रो यो प्रतिवद्धता हो । यही क्रममा महान् जनयुद्धले १८ वर्षपूरा गरेर यही फाल्गुन १ गतेदेखि १९ वर्षा प्रवेश गरेका छौं। हामी यतिबेला महान् जनयुद्धको १९ औं वाषिर्कोत्सव भव्यताका साथ मनाउने तरखरमा छौं । यो कुरा गरिराख्दा हामीलाई निकै गौरवको अनुभूति हुन्छ । किनकि हामी माओवादी क्रान्तिकारीहरू जो नेकपा – माओवादीको झण्डामुनी गोलबन्द भएका छौं र हामी मात्रै जो दश वर्षम्म चलेको महान् जनयुद्धका हिमायती हौं र रक्षक पनि हौं । साथै हामी महान् दश वर्षो जनयुद्धले थालनी गरेको महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने सारथी पनि हौं हिस्सेदार पनि हौं त्यसो भएर हामीलाई महान् जनयुद्धप्रति गौरव छ, आस्था र विश्वास छ ।
प्रचण्ड बाबुराम मण्डलीहरूले जुन गल्ती र गद्धारी गरेर जुन नेपाली क्रान्तिलाई, नेपाली धोका दिए हामी तिनीहरूको गल्ती र गद्धारीबाट पाठ सिकेर गल्ती र गद्धारी गर्ने छैनौं । हामीले ती महान् दशौं हजार शहीदहरूको रातो रगत प्रति खेलवाड गर्ने छैनौं र ती वीर शहीदहरूका अधुरा सपनाहरू पूरा गरि छाड्ने छौं र महान् नयाँ जनवादी क्रान्ति पूरा गरि छाड्ने छौं भन्ने विकल्प बाहेक अरु हामीसीत केही पनि छैन । महान् दश वर्षो जनयुद्धको ऐतिहासिकताका बारेमा चर्चा गरिरहँदा र यी प्रतिबद्धताहरू हामीले जाहेर गर्नैपर्दछ किन क्रान्तिका लागि जत्तिको हाम्रा सामु चुनौतीहरूखडा छन्, त्यत्तिकै क्रान्तिको सम्भावना पनि हाम्रो सामु खडा छ । अर्थात् क्रान्ति अबस्यम्भावी छ ।