१ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी

२०७९ श्रावण २९ गते, आईतवार


काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि करिब १ लाख २० हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको बताएका छन । उनले स्थानीय चुनाव र अघिल्लो पटक भएको आम निर्वाचनलाई मद्देनजर गरेर अहिले करिब १ लाख २० हजार म्यादी प्रहरी भर्ना गरिने आँकलन गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक म्यादी प्रहरीको यकिनका लागि नेपाल प्रहरीले जिल्लादेखि केन्द्रसम्म नै निर्वाचन सेल गठन गरी प्रक्रिया अघि बढाइएको छ।
ती सेलले विश्लेषण गरेर आवश्यक म्यादी प्रहरीको संख्या जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई पठाएपछि यकिन विवरण पठाइनेछ। प्रहरी प्रधान कार्यालयले कार्य विभाग प्रमुख सहकुलबहादुर थापाको नेतृत्वमा सेल बनाएको डिआईजी राइले जानकारी दिए ।
म्यादी प्रहरीको कार्यावधि ४० दिन राख्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्व सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको सुरक्षामा ७१ हजारभन्दा बढी सेना, करिब ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र १ लाख म्यादी प्रहरी खटाइएको थियो।
गृहमन्त्रालयका अनुसार आम निर्वाचन २०७४ मा करिब ९८ हजार र त्यही वर्षको स्थानीय निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना भएका थिए। आसन्न निर्वाचनमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउन सुरक्षा निकायहरु आ–आफ्ना कार्य योजनामा निर्माणमा जुटेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार