राष्ट्रपति भण्डारीद्वारा विवादास्पद नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीकँहा पुगेको विवादास्पद नागरिकता विधेयक फिर्ता भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ती जारी गरेर संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको जनाएका हुन् ।
