बाटोमा राजनीति नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चुलाचुली गांउ कमिटी ईलामले बाटोमा राजनीति नगर्न चेतावनी दिएको छ। नेकपा चुलाचुली गांउ कमिटी ईलामका इन्चार्ज हुकुम मल्ल एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् । उनले ईलामको चुलाचुली ५,४,३,२,१ हुँदै निर्माणाधिन अवस्थामा रहेको मदन भण्डारी राष्ट्रिय राजमार्गको बिषयमा बिभिन्न समाचार आउन थालेपछि बिज्ञप्ती जारी गर्दै पहिला जहाँबाट सर्भे भएको हो त्यंहीबाट निर्माण कार्य गर्न आग्रह गरेका छन ।
चुलाचुलिमा एमालेका सुवास नेम्बाङ र काँग्रेसबीच कसले जस लिने र मतदाता फकाउने वा भड्काउने खेल भएको स्थानिय जनताको बुझाई रहेको छ भने नेकपाले चासो दिंदै चुलाचुलीका जनताको मनोभावना नबुझेर मनपरी गरिए जनताको साथ लिएर संघर्ष गर्ने जनाएको छ ।
